नेपाली सेना एशियाकै पुरानो सेना: अमेरिकी राजदुत र्यान्डी बेरी
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २१:५२:२४
६ फागुन, काठमाडौं । फागुनको ४ गते नेपाली सेनाका लागि सम्बोधन गर्दै थिए –नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी । नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सैनिक सामू उनको सम्बोधन नेपाली सेनाका लागि महत्वपूर्ण थियो ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाली सेनालाई एशियाकै पुरानो सेना भएको बताएका मात्र थिएनन्, उनले नेपाली सेनाको ऐतिहासिक वर्णन समेत गरे । कुनै पनि विदेशी कुटनीतिज्ञले नेपाली सेनालाई यसको प्राचीन ऐतिहासिकतालाई उल्लेख गर्दै पहिचान दिएको यो पहिलो अवसर हो ।
नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सेनाका अधिकृतहरुलाई सम्वोधन गर्दै उनले नेपाली सेनाको ऐतिहासिक पक्षबारे बोल्ने क्रममा यस्तो धारणा राखेका हुन् । अमेरिकाजस्तो शक्ति राष्ट्रले पहिलोपल्ट नेपाली सेनको ऐतिहासिकताबारे यस्तो टिप्पणी गर्दै नेपाली सेनाप्रति उच्चसम्मान प्रकट गरेको हो ।
ऐतिहासिक तथ्यहरुका अनुसार, अमेरिकी सेनाको इतिहास सन् १७७५ देखि शुरु हुन्छ भने नेपाली सेना सन् १७४४ देखियता लगातार अविछिन्न रुपमा कार्यरत रहेको छ । यस हिसाबले अमेरिकी सेना नेपाली सेनाभन्दा ३१ वर्षले कान्छो रहेकाे छ ।
सरस्वती पूजाकै दिन फागुन ४ गते मंगलबार स्टाफ कलेज शिवपुरीमा अतिथि वक्ताका रुपमा राजदूत बेरीले भने, ‘नेपाली सेना एशियाको र संसारभरिकै पुरानोमध्येको सेना हो । यसले लामो गौरवगाथा बोकेको र देशको एकीकरणमा उल्लेख्य योगदान दिएको इतिहासमा उल्लेख पाएको छु ।’
‘नेपालमा मात्र होइन, विश्वव्यापीरुपमा व्यवसायिक सेनाका रुपमा परिचय दिन सफल भएको छ,’ अमेरिकी राजदूत ¥याण्डी बेरीले भने, राष्ट्रसंघीय शान्ति सेनाका रुपमा दशकौं खटेर अन्तर्राष्ट्रिय शान्ति कायम गर्न ठूलो योगदान दिएको छ ।’ नेपाली सेना र यसको स्वदेशभित्रको भूमिका र विदेशमा शान्ति कायम गर्ने सन्दर्भमा खेलेको भूमिकाबारे अमेरिकाले यसरी पहिलोपल्ट खुलस्तरुपमा प्रशंसा गरेको हो ।
राजदूत बेरीले नेपाललाई एउटा अनुपम देश भन्दै यस्तो देशको सेना हुन पाउनु त्यहाँ काम गर्नेहरुका लागि गर्वको विषय भन्दै स्टाफ कलेजमा अध्ययनरत सैनिक अधिकृतहरुको मनोबल बढाएका थिए । उनले नेपाली सेना विश्वकै एउटा साहसीमध्येको सेना भएको बताएका थिए । बोल्नेक्रममा उनले प्रकृतिको संरक्षण र वन्यजन्तुको संरक्षणमा नेपाली सेनाले खेलेको भूमिकाको पनि मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार