आईपीओ निष्कासनको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सको कस्तो छ वित्तीय अवस्था ?
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १९:१९:५९
६ माघ, काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मुनाफा बढेको बढाउन सफल भएको छ । कम्पनीले १० करोड ७८ लाखभन्दा बढी मुनाफा गरेको छ । अधिल्लो वर्ष ६ करोड ८९ लाख मुनाफा गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी अर्व ५४ करोड रहेको छ । कम्पनीको मुनाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ५६ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको आम्दानी चालू आवको दोस्रो त्रैमासमा ५४ प्रतिशतले वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । सोही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ५४ लाख बीमाशुल्क आर्जन गरेको छ ।
चुक्तापूँजी १ अर्ब ५४ करोड रहेको कम्पनीले जगेडा कोषमा ४८ करोड २४ लाखभन्दा बढी सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ९१ करोड ७९ लाख जम्मा भएको छ । सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ र प्रतिशेयर नेटवर्थ १३४ दशमलव ८१ रहेको छ ।
इफ इन्स्योरेन्सको कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृती पाएसँगै कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन पछि पूँजी २ अर्ब २० करोड पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार