प्रजातन्त्र दिवसमा कविता,निबन्ध प्रतियोगिता
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २०:४३:२८
६ फागुन,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
ती प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्ध माग गरिएको थियो । कविता र निबन्ध दुवै विधातर्फ प्रथमतर्फ रु ५० हजार, द्वितीयतर्फ रु ४० हजार र तृतीयतर्फ रु ३० हजार र प्रमाणपत्र पुरस्कार रहेको सदस्य सचिव प्रा उपाध्यायले जानकारी दिएका छन् ।
कार्यक्रमको नेपाल एकेडेमी फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार