गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा, कहिलेदेखि सुरु हुन्छ उडान ?
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २०:२४:४७
७ फागुन, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी तीन महिनाभित्र तयार हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
निर्माण पूरा भएको थप तीन महिनाभित्र अर्थात् अबको ६ महिनामा यसलाई सञ्चालनमा ल्याइसक्ने योजनाअनुरूप जनशक्ति व्यवस्थापनको कामसमेत सुरु भइसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताएका छन्।
निर्माणको अन्तिम चरणमा पुगेसँगै प्राधिकरणले विमानस्थल सञ्चालनमा ल्याउनका लागि पूर्वतयारी सुरु गरेको उनले जानकारी दिए।
‘विमानस्थल निर्माण सम्पन्न भएपछि सञ्चालनमा आउन थप तीन महिना लाग्नेछ’ उनले भने। विमानस्थलभित्र कन्फेक्सनरी सप र ड्युटी फ्री लगायतका आउटलेट राख्नका लागि छिटै टेन्डर आह्वान गर्ने तयारीमा प्राधिकरण छ।
प्राधिकरणले आफ्नो दरबन्दी संरचना परिवर्तन गरेर विमानस्थलका लागि कर्मचारी तयार गरिसकेको उनले जानकारी दिए। प्रशासन, फायर सेफ्टी, इलेक्ट्रिकल, एटिसी, इन्जिनीयर लगायत विभागका लागि विभिन्न पदमा ९० जनाभन्दा बढी कर्मचारी तयार गरिसकेको पनि क्षत्रीले बताए।
विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार आइसीवी जिरो वन ‘०१’ अन्तर्गत एयर कन्डिसनको कामका लागि आउन लागेका चिनियाँ जनशक्ति चीनबाट हिँडेको भए पनि उनीहरु नेपाल आइपुगेका छैनन्। फ्लाइटमा कोभिड देखिएपछि उनीहरु चीन नै फर्किएका थिए।
यसैले एयर कन्डिसन प्रविधि जडानका लागि चिनियाँकै समन्वयमा हाललाई उनीहरुको विकल्पस्वरुप भारतीय प्राविधिक ल्याएर काम अघि बढाइएको छ। केही चिनियाँ जनशक्ति एक साताभित्र निर्माण साइटमा आउने तयारी रहेको बताइएको छ ।
एयर रुट पर्मिटको बाधा फुकाउन भारतसँग छलफल
प्राधिकरणका अनुसार, पछिल्लो समय श्रीलंकन एयरलाइन्स, म्यानमार एयरवेज, कतार एयरवेज र फ्लाइ दुबई लगायतका वायुसेवा कम्पनीले यो विमानस्थलबाट उडान गर्न चासो देखाइरहेका छन्।
आयोजनाले थाइल्याण्डको थाइ एयरवेजका साथै भारत, अस्ट्रेलिया लगायत मुलुकका वायुसेवा कम्पनीसँग पनि उडान संचालनका लागि पत्राचार गरिरहेको छ। तर यो विमानस्थल संचालनमा आउनका लागि भारतले एयर रुटको अनुमति पनि दिनुपर्ने छ ।
अहिलेसम्म भारतले यसमा ग्रीन सिग्नलु दिएको छैन। यसकारण गौतम बुद्ध विमानस्थल तयार भएर पनि संचालनमा ल्याउनका लागि भारततर्फको एयर रुट पर्मिट सबैभन्दा ठूलो समस्या देखिएको छ।
यसका लागि प्राधिकरणले भारतसँग समन्वय गरिरहेको क्षत्रीको भनाइ छ। ‘आइएफआर डिपार्चर हुँदा इण्डियामा अलिकति छोएको कुरा भएको छ। त्यो विषयमा नेगोसिएसन गर्नु पर्नेछ, उनले भने ।
यसबाहेक यो विमानस्थलबाट उडान संचालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को पनि स्वीकृति लिन बाँकी नै छ। भारत र आईकाओ दुवैबाट स्वीकृति पाएपछि यो विमानस्थलमा नियमित उडान सुरु हुने प्राधिकरणको भनाइ छ।
क्षत्रीका अनुसार, विमानस्थल संचालनमा ल्याउनुपूर्व अध्यागमन, भन्सार लगायतका निकायसँग कर्मचारी दरबन्दी खुला गराउनका लागि पत्राचार सुरु भइसकेको छ।
‘उहाँहरुले कर्मचारी डिपोट गरिसक्नुभएको छ। विमानस्थल संचालनमा नभएर मात्र कर्मचारी नपठाउनुभएको हो। विमानस्थल निर्माण सम्पन्नपछि पुनः छलफल भएपछि उहाँहरुले जनशक्ति पठाउनुहुनेछ, प्रवक्ता क्षत्रीले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार