डीआईजी दाहालका घुमुवा डीएसपी प्रेम भण्डारीमार्फत पूर्वमा सेटिङ
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २२:३४:५५
७ फागुन, विराटनगर । सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख, बराह बाहिनीका बाहिनीपति (डीआईजी) बंशीराज दाहाल सरुवा भएर आए लगत्तै आफ्ना घुमुवामार्फत तस्करीको लाइन खुलाएकाे बताइएकाे छ ।
समाचार स्राेतका अनुसार आएकाे एक महिनादेखि विराटनगर, सुनसरी, झापा, इलाम लगायतका बोर्डर आउट पोष्टहरुमा उनले तस्करीको लाइन मिलाएका हुन् । डीआईजी मन्दीप श्रेष्ठको सरुवापछि सशस्त्र प्रहरी महानिरीक्षकसँग नजिक सम्बन्धलाई भजाएर बराह बाहिनी प्रमुख भएका दाहालले आफु मातहतका ४२ वटा वीओपीमार्फत महिनावारी रकम असुल उपर गरिरहेकाे स्राेतले जानकारी दिएकाे छ ।
खासगरी बंगलादेशबाट नेपाल आएको सुपारी र मरिच भारततर्फ निकासी गर्ने गर्नेक्रममा झापामा सशस्त्र प्रहरी बल प्रमुख एसपी रमेश पाण्डेलाई थाहै नदिई दाहालका घुमुवाको रुपमा काम गर्ने डीएसपी प्रेम भण्डारीमार्फत तस्करी सेटिङ भइरहेकाे छ ।
सशस्त्र प्रहरी बल कै एक स्राेतले दिएकाे जानकारी अनुसार डीआईजी दाहालको खास घुमुवा रुपमा काम गर्ने भण्डारीले पूर्वका ४२ वटै बीओपीबाट मासिक रकम उठाउने गरेका छन् । खासगरी मसलन्दवापत जाने महिनाको २६ हजार रुपैयाँ समेत बीओपीमा रहेका प्रहरी निरीक्षकले सुग्न पनि पाउँदैनन् ।
बाहिनीपतिको आदेश भन्दै जिल्लामा रहेको लेखा अधिकृतले भौचरमा सही गराएर डीआईजी दाहालले झ्वाम पार्ने गरेकाे साे स्राेतकाे भनाइ छ । नेपाल प्रहरी लुम्बनी प्रदेशका प्रहरी प्रमुख रविन्द्र धानुकको सेटिङमार्फत १ नं प्रदेश हुँदै झापा पुर्याइएका गोरुलाई वंगालदेश पठाउनका लागि सशस्त्र प्रहरीका डीआईजी दाहालको मुख्यभूमिका रहेको बताइएकाे छ ।
दाहालले जिल्लाका सबै बीओपीहरुको सेटिङका लागि छुट्टाछुट्टै घुमुवाहरु परिचालन गर्ने गरेको स्रोतको दावी छ । स्रोतका अनुसार प्रदेश नम्बर एकमा ५० वटा बीओपी पुर्याउने लक्ष्य राखेका दाहालले बीओपी भवन निर्माणमा समेत विशेष चासो राख्दै आएका छन् ।
हालसम्म प्रदेश १ मा ४२ वटा बीओपी स्थापना भइसकेका छन्, भने ८ वटा बीओपी स्थापना गर्ने क्रममा रहेकाले ती भवन निर्माणको ठेक्कामा पनि उनको चासो रहेको छ । ‘धेरै जसो डीआईजी दाहाल आफैले चासो लिने भएकाले भवन निर्माणमा खासै टेण्डर हुने अवस्था देखिदैन, मर्मत संभारको नाम दिएर कोटेशनमा काम गराउने अवस्था छ’, बराह बाहिनीका एक अधिकारीले भने ।
उनका अनुसार डीआईजी कार्यालयमा बस्ने भन्दा पनि धेरै जसो समय प्रदेश १ का व्यापारीहरुसँग होटलमै बस्ने गरेका छन् । संखुवासभा स्थायी घर भएका डीआईजी दाहालले बीओपी इन्चार्जको रुपमा पूर्वकै प्रहरी निरीक्षकलाई खटाएका छन् । ‘उहाँले हामीलाई जिम्मेवारी त दिनु भएको छ तर के गर्ने मसलन्द वापतको पैसा समेत पाइदैन’, एक प्रहरी निरीक्षकले भने ।
उनका अनुसार डीआईजीकै आदेश छ भन्ने नाममा भरपाईमा सही गरेर रकम जिल्लामै छाड्ने गरिएको छ । १ नं प्रदेशमा बीओपी स्थापनाका लागि अहिले २४ स्थान स्वीकृत छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार