राप्रपा अध्यक्ष जबराले दिए प्रजातन्त्र दिवसको शुभकामना
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २१:७:४४
७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर जबराले स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी नेपाली धरोहरसहित प्रजातन्त्र सम्वद्र्धन गर्नु पर्ने बताएका छन् ।
प्रजातन्त्रको आधार र प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्नचिन्ह खडा भएको बेला, प्रजातन्त्र जोगाउन नेपाली धरोहर, संरचना जगेर्ना गर्नु पर्नेमा अध्यक्ष राणाको जोड छ ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य प्रश्न उठेको समय, राष्ट्रिय धरोहर र नेपाली हुनुको मूल्य मान्यता सम्वद्र्धन गर्नुको विकल्प छैन ।’
राणाले ट्वीट गर्दै भने, ‘प्रजातन्त्र दिवसको अवसरमा आम नेपालीजनमा हार्दिक शुभकामना ।’
राप्रपाको केन्द्रीय नीतिबमोजिम ७७ जिल्लामा प्रजातन्त्र दिवस मनाउने क्रम जारी छ । राजा र जनता मिलेर प्रजातन्त्र स्थापना गरेको दिनलाई राप्रपाले राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
काठमाडौं उपत्यका र अन्य भागमा गरी अहिलेसम्म ३० जनाको मृत्यु, ११ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
डेंगु नियन्त्रण नीति निर्माण गर्न डाक्टर शेरबहादुर पुनको नेतृत्वमा कार्यदल गठन
असोज १२, २०८१ शनिबार
मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना
असोज १२, २०८१ शनिबार
काठमाडौँ उपत्यकाबाट ७५० जनाको सकुशल उद्दार, प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय
असोज १२, २०८१ शनिबार
न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो
असोज १२, २०८१ शनिबार