ओलीले ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरे : श्रेष्ठ
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शनिबार ३:१:६
७ फागुन, काठमाडौं । सत्तारुढ दल विभाजित भएर बनेको नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई गाली गर्दा गर्दै सकिएको छ । शुक्रबार पेरिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले गरेको कार्यको समीक्षा र पार्टीले ओलीका विरुद्ध गरेको आन्दोलनको समीक्षामै वितेको हो । बैठकमा नेताहरुले प्रधानमन्त्री केपी ओलीको पछिल्ला कदमप्रति आक्रोश र निर्वाचन आयोगको ढिलाइमा असन्तुष्टि व्यक्त गरेका थिए भने सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुनेमा आशावादी बनेका थिए ।
बैठकपछि दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताए । प्रतिनिधि सभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानून विपरीत ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको उनको भनाइ छ । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेसी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिवद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाडने पनि बताए ।
‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यस प्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रुपान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं,’ उनले भने । निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाई गरेको प्रति आफूहरु सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताए । तर पनि ढिलोचाँडो संविधान र कानून अनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको पनि उनको भनाइ छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा समेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासीन गुट बाहेक सिंगो देश एकतावद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्यांकन बैठकले गरेको बताए ।
सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको उनको भनाइ छ । सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि उनले बताए । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरुको २ सय असी भन्दा बढी नागरिकता संकलन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
काठमाडौं उपत्यका र अन्य भागमा गरी अहिलेसम्म ३० जनाको मृत्यु, ११ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
डेंगु नियन्त्रण नीति निर्माण गर्न डाक्टर शेरबहादुर पुनको नेतृत्वमा कार्यदल गठन
असोज १२, २०८१ शनिबार
मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना
असोज १२, २०८१ शनिबार
काठमाडौँ उपत्यकाबाट ७५० जनाको सकुशल उद्दार, प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय
असोज १२, २०८१ शनिबार
न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो
असोज १२, २०८१ शनिबार