शहिदको बलिदानी खेर नजाने : सांसद यादव
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार ११:५०:३६
९ फागुन, वीरगञ्ज । प्रतिनिधी सभाका सदस्य प्रदिप यादवले शहिदहरुको त्याग र तपस्याका कारण प्राप्त उपलब्धी अहिलेको विषम राजनितिक अवस्थाका कारण धरापमा परेको बताएका छन् । जनता समाजवादी पार्टी ‘जसपा’ पर्साले आयोजना गरेको वीर शहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादबले भौगोलिक विविधताले भरिएको देशमा मधेशी समुदायले पनि सुनमा सुगन्ध थप्ने काम गरेको बताएका हुन् ।
मधेशी समुदायका जनताहरुको भुमिकालाई सरकारले हेपाहा दृष्टिले हेर्ने हुँदा संसददेखी सडकसम्म आफुले उक्त विभेदको दृष्टिकोणविरुद्ध आवाज उठाउँदै आएको यादबको भनाई छ । आफुले उठाएको आवाजकै देनस्वरुप अहिले सरकारले कानुन बनाएको यादबले दावी गरे । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका यादबले मधेशी समुदायको प्रतिनिधित्व गर्दै मधेशी समुदायको हक, हित र बृद्धि विकासको लागी आफु सदैव तयार रहेको बताए।
पछाडीबाट छुरा रोप्ने सामन्तकारीलाई अगाडीबाट आउन पनि उनले चुनौति दिए । जसपा पार्टी अरुजस्तो षड्यन्त्रकारी र विभेदकारी नितिबाट टाढा रहेको बताउँदै यादबले समानता र समावेशीताको मूल मन्त्र बोकेको पार्टी नै अन्तिम बिकल्प हुने ठोकुवा गरे। जसपा पर्साका अध्यक्ष रामनरेश यादबको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेश आन्दोलनमा प्राणको आहुति दिएका १ सय १० मध्ये ७ जना शहिदहरुको शालिक स्थापना गरी अनावरण गरिएको थियो ।
पर्सा क्षेत्र न. १ का सांसद यादबको संसदिय कोष र वीरगञ्ज महानगरपालिकाको सहयोगमा शालिक स्थापना गरिएको हो । शहिदको बलिदानी खेर नजाने बताउदै सांसद यादवले आगामी दिनमा मधेश आन्दोलनका सबै शहिदहरुको शालिक स्थापना गर्ने प्रतिबद्धता पनि सांसद यादबले व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य सिँहासन साह कलवार, करिमा बेगम, जन्नत अन्सारी, भिमा यादब, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्द अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, जसपाबाट निर्बाचित जिल्लाका स्थानीय तहहरुका जनप्रतिनिधी, सहिद परिवारका सदस्य लगायतको उस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव तबरेज अहम्दले गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार