आफ्नै देशको एकमुट्ठी माटो हातमा लिनुस् र निर्णय गर्नुहोस्: डा. कोइराला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन ९, २०७७ सोमबार ०:१५:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/rambaran-shekahr_8Or5kKdsK1.jpg)
९ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसदद्धारा लिखित दुई पुस्तकको लोकार्पण गरिएको छ । डा. शोभाकर पराजुलीद्धारा लिखित वीपी विचार संग्रह र समाजवाद र वीपी कोइराला नामक दुई पुस्तकको लोकार्पण गरिएको हो ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रणेता, विश्व समाजवादी आन्दोलनका शिखर पुरुष, नेपालमा प्रजातान्त्रिक समाजवादको राजनीतिक सिद्धान्तको प्रतिपादक विश्वेश्वरप्रसाद कोइराला आफैमा पनि एक कुशल साहित्यकार समेत थिए ।
विश्वेश्वरप्रसाद कोइरालाकै मार्गचित्र भित्र प्रतिपादित प्रजातान्त्रिक समाजवादको सिद्धान्तका आधारमा वर्तमान नेपाली कांग्रेस क्रियाशिल समेत रहेको छ । नेपाली माटो सुहाउँदो प्रजातन्त्र र समाजवाद उन्मूख कार्यपद्धतिबाट मुलुकको आर्थिक, समाजिक, सास्कृतिक, शैक्षिक र धार्मिक लगायतका क्षेत्रको न्यायोचित बिकास गर्न सकिन्छ भन्ने बिश्लेषणका आधारमा नै स्व. विश्वेश्वरप्रसाद कोइरालाले प्रजातान्त्रिक समाजवादको अबधारणा अगाडि सारेका थिए ।
गत फागुन ७ गते पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र वर्तमानको प्रजतान्त्रिक अभ्यासमा पुष ५ गतेको दिनलाई आफुले कालोदिनको रुपमा लिएको बताएका छन् । पूर्व राष्ट्रपति डा. यादवले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण लगायतका बिभागहरु प्रधानभन्त्रीको मातहतमा ल्याउनु नै लोकतन्त्रमाथिको नाङ्गो आक्रमणको शुरुवातको अवस्था आफुले अनुमान गरेको र अहिले सोही अनुसारका कार्यहरु हुँदै गएकोप्रति चिन्ता ब्यक्त गरेका थिए ।
उनले वर्तमान केपी शर्मा ओलीलाई अलोकतान्त्रिक बाटोमा हिडन हिजो तिनै प्रचण्ड–माधवहरुले हौस्याएको कुरा आफुले नबिर्सेको समेत बताएका थिए । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले उखु किसानको छोरोले काठमाडौंमा मृत्यूवरण गर्न पुगेको अवस्था तर्फ लक्षित गर्दै भने–आफ्नाे श्रम र पसिनाको मुल्य लिन आएका आफ्नै देशका नागरिकलाई मृत्युको मुखमा पुर्याउनु दुःखद कुरा हो ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सभामा मन्तब्य राख्ने क्रममा भनेः मैले पटक–पटक भन्ने गरेको छु, न्यायालयले संसद विघटनको स्पष्टता संविधानको धारा किटेर दिनुपर्छ । सरकार प्रमुख जस्तो जिम्मेवार ब्यक्तिबाट लहडका भरमा लिईने निर्णयलाई जनताले सडकबाटै उल्ट्याई दिएका र सडकबाटै संसद पुर्नस्थापना गरेका हाम्रै देशमा उदाहरणहरु छन् ।
यसो भनिरहँदा मैले न्यायालयलाई धम्क्याउने या डर देखाउने कार्य गरेको भने किमार्थ पनि होईन । तर संविधानको भावना र मर्म विपरित प्रतिनिधिसभा विघटनको गर्ने कदमले संघियता र संविधान दुवै धरापमा परेको र वर्तमान राजनीतिक समस्याको समाधान निर्वाचन हैन संसद पुर्नस्थापना नै हो, नेपाली कांग्रेस यसैमा एकढिक्का भएर अग्रसर हुनुपर्ने बताएका छन् । कांग्रेस नेता डा. शेखर कोइरालाले भनेका छन् विधिको शासन नमान्ने सरकारलाई लाेकतन्त्रवादी भन्न सकिँदैन ।
कार्यक्रममा बोल्दै कोइरालाले भनेः– नेपाली कांग्रेसले अब समाजवादको पुर्नव्याख्या गर्नुपर्ने अवस्था आईसकेको छ, अब पनि समाजवादको पुर्नव्याख्या नगरे अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने दिन आउन सक्ने तर्फ ईंकित गर्दै डा. कोइरालाले काहिँ पनि व्यक्ति आर्थिक अभावका कारण अध्ययन गर्नबाट, स्वास्थ्य उपचार पाउनबाट बञ्चित हुनु नपरोस भन्ने बिषय नै समाजवाद हो भनेर महामानव वीपी कोइरालाले भनेको भन्दै त्यसैलाई आत्मसात गरेर अगाडि बढनु आजको नेपाली कांग्रेसको एकमात्र मार्गदिशा हुनुपर्ने बताए ।
वर्तमान सरकारको कार्यशैली र नेतृत्वको व्यवहार हेर्दा विधिको शासन नमान्ने अवस्था सृजना हुँदै गएको भन्दै कांग्रेस नेता डा. कोइरालाले देशको अवस्था दिनानुदिन झनझन जटिल बन्दै गएको तर्फ चिन्ता व्यक्त गरे । जनताले अहिले शान्ति, सुशासन र विकास भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी व्यक्ति नभएर संस्था भए पनि त्यसको गरिमा बिगार्दै नेकपाको एउटा गुटको मात्र राष्ट्रपति हुँदै एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाए ।
नेता कोइरालाले मन्तव्यका क्रममा भनेः– राष्ट्रपतिले प्रधानभन्त्रीले लगेको संसद विघटनको बिषयमा संसदमा क्रियाशिल अन्य विपक्षी दलहरुसँग कुनै छलफल नै नगरी, सर्बोच्च अदालतसँग सामान्य परामर्शसम्म नगरी हतारमा सदर गरेर गम्भिर गल्ती भएकाे बताए ।
देशलाई संंकट र भडखालोमा हाल्ने अधिकार न्यापालिकालाई नभएको बताउँदै कोइरालाले न्यायालयले गरेको निर्णय उल्ट्याउन सक्ने नागरिक अझै ज्यूँदै रहेको कुरा समेत बताए । यदि कुनै बिषयमा निर्णय लिन गाह्रो भएमा आफ्नै देशको एकमुट्ठी माटो हातमा लिएर निर्णय गर्नुपर्ने महामानव विश्वेश्वरप्रसाद कोइरालाले आग्रह गरेको कुरासमेत स्मरण गराए ।
धनुषाको जनकपुरमा आयोजित पूर्वसांसद डा. शोभाकर पराजुलीद्धारा लिखित दुई कृतिको बिमोचन कार्यक्रममा प्रमूख अतिथिमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादव, बिशिष्ठ अतिथि नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला, अतिथिहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु रामकृष्ण यादव, मुक्ता यादव, कांग्रेस प्रदेश नं. २ का संसदीय दलका नेता रामसरोज यादव, कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारी र भोला चौधरी, कोंग्रेस धनुषाका सभापति महेश शंकर गिरी, कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय, कांग्रेस सिंधुलीका सभापति उज्वल बराल, पूर्व सांसदहरु स्मृतिनारायण चौधरी, दिनेश पर्सैला, डा चन्द्रमोहन यादव, पुष्पलता लामा, रिता शाही लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
जसपाका मन्त्रीहरूले दिए राजीनामा
असार २१, २०८१ शुक्रबार
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
असार २१, २०८१ शुक्रबार
छुम्बी लामा बने क्यानको प्रवक्ता
असार २१, २०८१ शुक्रबार
आइतबारसम्म बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
असार २१, २०८१ शुक्रबार
भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ बेपत्ता, सातजना घाइते
असार २१, २०८१ शुक्रबार