गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १४:२७:४४
८ चैत, काठमाडौं । गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब “कैसा मन मस्ताना प्यारे” प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले समेटेका छन् । यस कृतिमा दुई सय वटा हिन्दी गीतहरू रहेका छन् । दुई सय पृष्ठमा किताब तयार भएको छ । गीतहरू प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् ।
गीतकार खतिवडा भन्छन्, प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ, प्रेम गीतलाई पनि म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु । ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस गीत संग्रहका गीतहरूको बनोट र प्रस्तुतिको जुन तरिका छन् ती कलात्मक र बिम्बात्मक छन् । शब्दहरू सरल छन् तर ती शब्दहरूले बोक्ने भाव गम्भीर छन् । उनका गीतहरूमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् ।
प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरूमा प्रेमका विविध स्वरूपलाई विभिन्न आयामहरूबाट व्याख्या गरिएको छ । आकर्षक कागज र राम्रो छपाईमा आएको गीत संग्रह रोमान्टिक गीतहरूको संग्रह नै बन्न पुगेको छ । वि.सं. २०५३ मा नातिकाजीको स्वर संगीतमा “मनमा काँडा बिझेपछि” बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा उदाएका खतिवडाका दर्जनौं नेपाली गीत चर्चित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा क्याप्टेन थापाको पुस्तक ‘इन्टु द फायर’ को विमोचन
भदौ १५, २०८१ शनिबार
पुस्तक समीक्षाः ‘कान्छो सिडियो’देखि ‘बाह्र-सत्तरी’सम्म
भदौ १४, २०८१ शुक्रबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
उपसभामुख हटाउने चर्चाकाबीच कांग्रेस सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन
भदौ २६, २०८१ बुधबार
टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट
भदौ २६, २०८१ बुधबार
नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली
भदौ २६, २०८१ बुधबार
पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक : प्रवक्ता महत
भदौ २६, २०८१ बुधबार
बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
भदौ २६, २०८१ बुधबार