मकै लगाउने मौसममा बीउको अभाव
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार २०:५५:३४
९ फागुन,चितवन । चितवनमा मकै लगाउने मौसममा बीउको अभाव भएको छ । हरियो घोगा र कुखुराको दानाका लागि उत्पादनको समयमै मकै बिक्री भएपछि बीउ अभाव भएको हो ।
कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमराज अर्यालका अनुसार बीउका लागि उत्पादन गरिने मकैका उत्पादन गर्न अपनाउनु पर्ने प्रक्रिया कृषकले झन्झटिलो मान्न थालेकाले बीउको अभाव भएको हो । उनका अनुसार जिल्लामा बीउको मागको ५० प्रतिशत पनि उपलब्ध छैन । जिल्लामा १३ हजार ३०० हेक्टर क्षेत्रफलमा वसन्ते ९वर्षे० मकै लगाइँदै आएको छ । सोका लागि ३६६ टन बीउ आवश्यक पर्छ ।
जिल्लामा पाँच हजार हेक्टरमा हिउँदे मकै लगाइन्छ । उन्नत जातको बीउ उत्पादन गर्नका लागि ३०० मिटर वरिपरि अर्को जातको मकै लगाउन मिल्दैन । परागसेचनका कारण वरिपरि एउटै जातको मकै हुनुपर्ने अर्याल बताउछन् । बीउ मकै लगाउने जमीनको वरपरका किसान मिलेर मात्रै लगाउनुपर्ने समस्याका कारण पनि किसानले झन्झट मान्ने गरेको उनको भनाइ छ । बीउका लागि उत्पादन गर्न झन्झटिलो हुने भए पनि तत्काल बिक्री गर्न सहज हुने गरेको छ । कृषकले कुखुराको दानाका लागि तत्कालै बिक्री गर्दा राम्रो मूल्य पाउने गरेका छन् ।
यस्तै घोगा बिक्री गर्दा समेत राम्रो आम्दानी हुने भएपछि ६ महिनासम्म बीउका लागि भण्डारण गर्न छाडिएको अर्याल बताउछन् । जिल्लामा हिउँदे मकै पाँच हजार हेक्टरमा २१ हजार मेट्रिक टन र वसन्ते मकै १३ हजार ३०० हेक्टरमा ५१ हजार १०० मेट्रिक टन उत्पादन हुने गरेको छ ।
अर्यालका अनुसार अहिले किसान उन्नत जातको बीउ नपाएपछि वर्णशङ्कर मकै लगाउने तयारीमा लागेका छन् । जिल्लामा विशेष गरी स्थानीय जातका मकै, रामपुर कम्पोजिट, अरुण– २, रामपुर हाइब्रिड –१० जातका मकैको बीउ प्रयोग हुँदै आएका छन् । अहिले जिल्लामा नै उत्पादित उन्नत जातको मकैको मूल बीउ पाउन नसक्दा किसान चिन्तित बनेका हुन् । उन्नत जातको बीउका लागि किसानले चर्को मूल्य तिर्दासमेत पाउन नसकेको गुनासो आउन थालेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो, किसान निरास
जेठ १०, २०८१ बिहिबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार