ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्था कडा
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार १५:३०:५८
१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली आज कञ्चनपुर जाँदै छन् । प्रधानमन्त्री ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
९ अर्ब रुपैयाँको लागतमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीले अपराह्न १:३० बजे शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा गस्ती बढाएका छन् । प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्।
त्यहाँबाट उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत शिलान्यासस्थल पुग्ने कार्यक्रम तय गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सात जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
वर्षा नरोकिएपछि आन्तरिक उडान बन्द
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार