‘राधा क्यान्सर सचेतना पुरस्कार’ बाट पत्रकार केसी सम्मानित
नेपालबहस संवाददाता
फागुन १०, २०७७ मंगलबार ०:५:५९
१० फागुन, नवलपुर । यसवर्षको राधा क्यान्सर सचेतना तथा हिंसाबिरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार समृद्धा केसीलाई प्रदान गरिएको छ ।
नवलपरासी बर्दघाट सुस्तापूर्व कवासोती २ राधाचोकमा आयोजित विशेष कार्यक्रममा स्वर्गीय राधा बस्यालको स्मृतिमा यस वर्ष बर्दियाकी पत्रकार समृद्धा केसीलाई “राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” पुरस्कार प्रदान गरिएको हो ।
विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले समृद्धालाई सम्मान पत्र, दोसल्ला र नगद २० हजार रुपैयाँले सम्मान गरेका छन् ।
पुरस्कार वितरण कार्यक्रममा वोल्दै विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वर्गीय राधा बस्यालको जीवन आफैंमा सघर्षपुर्ण भए पनि निकै प्रेरणाको जीवन रहेको वताए । उनले क्यान्सर र हिंसाविरुद्ध आवाज उठाउने पत्रकारलाई हरेक बर्ष पुरस्कृत गर्नु राम्रो अभियानको थालनी भएको बताए ।
पत्रकारिताको माध्यमवाट समाज रुपान्तरणमा अहम भुमिका निभाएकी राधाले क्यान्सर रोग ग्रस्त हुँदा पनि सञ्चारकर्म नछाडी लागिपर्नुले पनि धेरैलाई प्रेरणा दिने बताए ।
वि.स २०४८ मा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एकदशक भन्दा लामो समयसम्म पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सरसँग लडदै समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन् ।
फाउन्डेशनका अध्यक्ष रहेका स्वर्गीय राधाका भाई प्रकाश बस्यालले हिंसा र क्यान्सर रोगसँग लड्दा लड्दै दिदीको प्राण गएको भन्दै उनको चाहना बमोजिम फाउन्डेशनको गतिविधिलाई अघि बढाइएको बताए । उनले आगामी वर्ष अझ परिस्कृत र परिमार्जनसहित कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
कार्यक्रममा फाउन्डेशनका संरक्षक एवं स्वर्गीय राधाका पिता शुभराज शर्मा, काका परशुराम शर्मा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट लगायतले स्वर्गीय राधा कसरी हिंसामा परिन, कसरी क्यान्सर रोगको पहिचान भयो, उपचारका प्रयासहरु कति गरिए भन्ने बारेमा जानकारी दिएका थिए ।
फाउन्डेशनले २ लाख राशीको अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट हरेक बर्ष क्यान्सर र हिंसाबिरुद्ध समाचार लेख्ने एकजना पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार