प्रधानमन्त्री कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड खर्च
नेपालबहस संवाददाता
फागुन ११, २०७७ मंगलबार १३:२९:४२
११ फागुन, काठमाडौं । सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ।
त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो। यो मूल्य अभिवृद्धि कर ‘भ्याट’ बाहेकको रकम हो।
प्राधिकरणका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मेकानिकल, इलेक्ट्रिकल प्लम्बिङ, आइटीरसेक्युरिटी, फायर फाइटिङ, सेनिटरी, एयर कन्डिसिनिङ, सिसिटिभी, बगैंचा, फर्निसिङ तथा फर्निचर खरिदका लागि ४८ करोड रूपैयाँ खर्च भएको छ।
प्राधिकरणले सिंहदरबारका तीन मोहडा ‘पूर्वी, उत्तरी र दक्षिणी’ पुनर्निर्माण गर्न भने ३९ करोड रूपैयाँ खर्च गरेको छ। तर, प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान खरिदमा मा ४८ करोड रूपैयाँ खर्च गरिएको हो। प्राधिकरणका ती अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नयाँ स्वरूपमा बनाउन यो रकम खर्च गरिएको बताए। नागरिक दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार