पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई टानको आग्रह
नेपालबहस संवाददाता
फागुन ११, २०७७ मंगलबार १८:२९:२८
११ फागुन,पोखरा । पर्यटन व्यवसायीले साहसिक पदयात्रा पर्यटनको क्षेत्रका समस्यालाई सम्बोधन गरेर निकास दिन सरकार समक्ष आग्रह गरेका छन् ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चललका अध्यक्ष सुशीलराज पौडेलले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण पदयात्रा पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशायी भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ “कोभिड– १९ ले व्यवसायीलाई परेको समस्यामा बारम्बर सरकारसँग लिखित र मौखिकरुपमा अनुरोध गर्दै आयौंँ । थला परेको पदयात्रा व्यवसायिलाई पुनर्जीवन प्रदान गरियोस् । ”
त्यसैगरी सरकारद्वारा जारी गरिएको तर समयसापेक्ष परिमार्जन नगरिएको प्रवेशज्ञा र स्वास्थ्य मापदण्डले पर्यटकलाई समस्या उत्पन्न भइरहेको तर्फ ध्यानाकर्षण गरिएको छ । समग्र पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि पदयात्रा पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी एवं संस्थाको तर्फबाट सुझावसमेत प्रस्तुत गरिएको छ ।
सुझावमा ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा पाँच दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउनुपर्ने, अनलाइन र अन अराइभल प्रवेशाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट प्रवेशाज्ञाको सहजीकरण व्यवस्था पूर्ववत् रुपले झैं गराउन भनिएको छ ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल रिपोर्ट दिन सकिने कोभिड जाँच मेसिन राख्नुपर्ने वा तोकिएको स्वास्थ्य निकायबाट नमूना सङ्कलन गर्नुपर्ने र अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न पहल गर्नुपर्ने सुझावमा समेटिएको छ ।
कोरोना विरुद्धको खोप प्राथमिकताका साथ अग्रपङ्तिमा रही काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाका यथाशीघ्र खोल्न पहल गर्न पनि उल्लेख गरिएको छ ।
नेपाल घुम्न आउने पर्यटकले साहसिक पदयात्रामा जाँदा पर्यटक सुरक्षाका कारण कम्पनीबाट अनिवार्य गाइड, तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न गराउन पाउनुपर्ने व्यवस्था लागू गर्न भनिएको छ । छिमेकी देशको नाकाबाट भित्रिने पर्यटकलाई सहज बनाए अनुगमन गर्न र हाल कायम रहेको पर्यटकले गर्नुपर्ने कम्तीमा पाँच हजार अमेरिकन डलर बराबर तोकिएको अनिवार्य कोरोना बीमा व्यवस्था हटाउन र खोप लगाएका पर्यटकलाई सहज र निर्वाध रुपमा घुम्न दिन आग्रह गरिएको छ ।
विज्ञप्तिमा गण्डकी प्रदेश सरकारले जारी गरेको व्यवसायी जीवन रक्षा कोषको उद्देश्यलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि अति प्रभावित पदयात्रा व्यवसायलाई प्राथमकतामा राख्नसमेत जोड दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार