वडा भवन निर्माणमा तीव्रता दिँदै नमोबुद्ध नगरपालिका
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १८:३७:१५
१२ फागुन,बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरका वडा कार्यालयको भवन निर्माणको कामलाई तीव्रता दिएको छ । नगरपालिकाका सबै वडामा पक्की भवन निर्माण गर्ने अभियानअनुसार अहिले सबै वडामा भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको हो ।
नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले वडा नं ७ को कार्यालय भवनको शिलान्यास गरेपछि अब नगरको सबै वडाको कार्यालय भवन निर्माणको कामले तीव्रता पाएको छ । यसअघि उनले वडा नं ८ र ९ को कार्यालय भवन शिलान्यास गरेका थिए । अहिले नगरपालिकाका वडा नं ७, ८, ९ र १० को कार्यालय भवन निर्माणको काम भइरहेको छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि पनि प्रक्रिया अगाडि बढाइसकेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख तिमल्सिनाका अनुसार वडा नं २ को कार्यालय निर्माण यसै साता शुरु हुनेछ ।
वडा नं २ को भवन निर्माणका लागि सिद्धिविनायक निर्माण सेवासँग रु ४० लाख ८७ हजार ६८५ मा ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनीयर उज्ज्वल अर्यालले जानकारी दिएका छन् । वडा नं १ र ५ को भवन निर्माणको लागि प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख तिमल्सिनाको भनाइ छ । उनका अनुसार नगरका ११ वटाका वडा कार्यालय एउटै डिजाइनमा निर्माण हुनेछ । यसअघि निर्माण थालिएका वडा नं ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।
नगरप्रमुख तिमल्सिनाले ऐतिहासिक क्षेत्र दाप्चाको संरक्षण, सडक स्तरोन्नति र कालोपत्र गर्ने काम जनप्रतिनिधि आएपछि शुरु भएको र यसले दाप्चा क्षेत्रको मुहार परिवर्तनमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार