लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै लगाए कोरोना खोप
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १९:५७:३०
१२ फागुन,त्रिशूली । नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड)को पहिलो डोज लगाएका छन् । जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा आठ हजार ७९ जनाले कोरोना रोग विरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुदाँसम्म तीन हजार ८८६ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।
दोस्रो चरणको खोप कार्यक्रम सोमबार सम्पन्न भएको छ । फागुन २ देखि शुरु भएको दोस्रो चरणको लागि ६ गतेसम्म तोकिएको भए पनि लक्ष्यभन्दा निकै कमले सहभागिता जनाएसंगै ८ गतेसम्म समय थप गरिएको थियो । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार नाम दर्ता गराएको लक्ष्यभन्दा आधाभन्दा कमले मात्रै खोप लगाउनुलाई खोप लगाउँदा तोकिएको मापदण्ड (दीर्घरोग सम्बन्धी औषधि सेवनकर्ता, कोरोनाको सक्रिय सङ्क्रमित, गर्भवती तथा स्तनपान गराउँदै आएका सुत्केरीलाई नहुने) अनुसार नाम दर्ता गराउने धेरै र सेवा लिनेको सङ्ख्या कम देखिएको हुनसक्ने अनुमान छ ।
यद्यपि खोप लगाएपछि देखिने शारीरिक प्रतिक्रिया र खोपप्रतिको विश्वाससमेत कम भएर लगाउनेको सङ्ख्या लक्ष्यभन्दा कम भएको हुनसक्ने स्वास्थ्य कार्यालयको भनाइ छ । नुवाकोटमा पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि र दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि चलाइएको थियो ।
सरकारी कर्मचारी, स्थानीयतहका जनप्रतिनिधि, पत्रकार, जिल्लास्थित बैंकको शाखा कार्यालय र सहकारी तथा वित्तीय संस्थाका कर्मचारीसमेत गरेर पाँच हजार ६५८ जनाले खोप लगाउन नाम सूचीकृत गरे पनि सो अवधिमा दुई हजार ८१ जनाले खोप लगाएका थिए । त्यसअघि पहिलो चरणको खोप कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स र शवबाहनका चालक, सरसफाइकर्मीलाई लक्षित गरेर चलाइएको खोप कार्यक्रममा दुई हजार ४२१ जनालाई खोप लगाउने लक्ष्य राखे पनि एक हजार ५७६ जनाले मात्रै खोप लगाएका थिए ।
दुवै समूहमा छुट भएकालाई समावेश गरेर सोमबार चलाइएको खोप कार्यक्रममा २२९ जनाले सेवा लिएका थिए । बाह्र स्थानीय तह रहेको नुवाकोटमा त्रिशूली अस्पताल खोप केन्द्रमार्फत नौ र खरानीटार अस्पतालमार्फत बाँकी तीन स्थानीयवासीलाई सेवा दिने गरेर खोप कार्यक्रम चलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न माग
बैशाख २२, २०८१ शनिबार
लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट, माग धान्नै मुश्किल
बैशाख २२, २०८१ शनिबार
श्रीराम हस्पिटलको आयोजनामा १४ महिलासहित ६० जनाले गरे रक्तदान
बैशाख २२, २०८१ शनिबार
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार