प्रचण्ड–नेपालकाे दौडधुप: महरासहित पेरिसडाँडामा पहिलो बैठक त्यसपछि सिंहदरबारमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बिहिबार २:२२:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/parchanda-nepal_vHIbYwgdYp.jpg)
१२ फागुन, काठमाडाैं । नेकपा प्रचण्ड–नेपाल पक्षको दौडधुप सुरू भएकाे छ । संसद पुनस्थापना भएकाे दाेस्राे दिन प्रचण्ड–नेपालकाे समुहले महरासहित पेरिडाँडामा पहिलो बैठक गरेपछि सिंहदरबारमा साँझ ४ः३० देखि दाेस्राे बैठक गरेकाे थियाे ।
बैठक साँझ ६ बजेसम्म चलेको थियो । संघीय संसद सचिवालयको भवन न. २ मा रहेको नेकपाको संसदीय दलको कार्यालयमा संसद पुनःस्थापना भएपश्चात उत्पन्न भएको राजनीतिक अवस्थाको बारेमा छलफल भएको सहभागी एक नेताले बताए ।
बैठकमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रामकुमारी झाक्री, राम कार्की, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल, गोकर्ण बिस्ट, देवेन्द्र पौडेल, जीवनराम श्रेष्ठ, योगेश भट्टराई लगायतको उपस्तिथि रहेको थियो ।
बैठकमा बोल्दै नेता देव गुरुङले सर्वोच्च अदालतको निर्णय सकारात्मक भएको बताए । आफुले संसद विघटनको विपक्षमा हालेको दायर रिटमाथि सर्वोच्चले गरेको निर्णयले आफुलाई गर्व महशुस भएको भन्दै शीर्ष नेताहरूलाई धन्यवाद दिएका थिए । बैंठकले नैतिकताको आधारमा केपी ओलीले राजिनामा दिनु पर्ने, संविधानको रक्षाको लागि सबै दलहरुबीच सहकार्य गर्दै अगाडि बढने लगायत अविश्वासकाे प्रस्ताव पहिला नै दर्ता भएकोले अब कसरी अगाडि बढने बारेमा छलफल भएको थियो ।
त्यसै गरी छलफलमा प्रचण्ड–नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग बदलिँदो राजनीतिक परिवेशको बारेमा कुराकानी भएको बताएका थिए । बैठकमा रामकुमारी झाक्रीले अहिले अवस्था अत्यन्त नाजुक भएकोले अत्यावश्यक काम बाहेक उपत्यका नछाड्ने र जानै परे पार्टीलाई जानकारी गराएर मात्र जानू पर्ने बारे आफुले सबै संसद सदस्यहरुलाई जानकारी गराएको बताएकी थिइन् ।
पेरिसडाँडामा छुट्टै भेला
संसद पुनःस्थापनापछि आज नेकपाको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा नेकपाका ४ जना सचिवालय सदस्यसहितको भेला बसेको थियो । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ स्थायी समिति सदस्य, वर्षामान पुन, योगेश भट्टराई, जनार्दन शर्मा, कृष्णबहादुर महरा, देवेन्द्र पौडेल, रघुजी पन्थ, देब गुरुङ, अमृत बोहोरा, पम्फा भुसाल लगाएत पार्टीका अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । पार्टीको आन्तरिक बिषयमा छलफलका लागि स्थायी कमिटी बैठक दिउँसो ३ बजेदेखि ४ बजेसम्म बसेको थियो ।
बैठकपछि पत्रकारसँगको कुराकानीमा प्रवत्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीले संविधान र लोकतन्त्रको हत्या गरेको, पार्टी फुटाउने कार्य गरेको बताए । उनले भनेः– ओली प्रवृत्ति संविधानमाथि हावी भयो । प्रमले नैतिकताको हिसाबमा राजीनामा दिएर आत्मलोचना गर्न बाँकी नै छ । यो अवस्थामा पार्टी एकता हुँदैन । प्रतिनिधिसभा पुनस्थापना भएकोले सबै लोकतन्त्रवादी पार्टीहरु मिलेर संविधान बमोजिम सरकार गठन प्रक्रियामा अघि बढ्नेछ ।
उनले केन्द्रीय संघर्ष समितिले आन्दोलनका लागि गरेको सबै घोषणा फिर्ता भएको बताए । उनले मुल नेकपा आफुहरुको नै रहेकाले कुनै पनि नेता कार्यकर्ताले भ्रममा परेर प्रचण्ड–नेपाल समुहबाट बाहिर बस्नु नपर्ने कुरा बैठक पछि पत्रकारसँगको कुराकानीमा बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक १३ गते
असार ११, २०८१ मंगलबार
महाधिवेशन नगरे पद छोडेर घर जान भ्रातृ संस्थालाई महामन्त्री थापाको आग्रह
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार