आईजीपीको नाम बेच्दै राशनभत्तामा मोज गर्दै सशस्त्रका गुल्मपति
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार १८:३०:३०
१३ फागुन, पोखरा । सशस्त्र प्रहरीमा गुल्मपतिमा जान तछाडमछाड गर्ने मध्येका मनाङका डीएसपी हुन्, होमनाथ पन्थी । पन्थीले दर्जनौं प्रहरीलाई बिदामा छाडेर उनीहरुले मासिक रुपमा पाउने राशनभत्ताको अपचलन गरेको समाचार नेपालबहस डटकमलाई प्राप्त भएको छ ।
सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका गुल्मपति डीएसपी पन्थीले आफु मातहत रहेका दर्जनौं प्रहरी कर्मचारीलाई घरबिदामा छाडेपछि उनीहरुको नाममा आउने राशनभत्ता उनीहरुलाई नदिई आफू र लेखा प्रमुख मिलेर अपचलन गरेको सोही गुल्ममा कार्यरत एक सशस्त्र प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन् ।
‘उहाँले संगठन प्रमुख आईजीपी शैलेन्द्र खनालको नाम लिदै दर्जनौं कर्मचारीलाई बिदा छोडेर बदमासी गर्न तल्लिन रहनुभएको छ, कसैले प्रश्न उठाउने ठाउँ छैन, म आईजीपीको मान्छे हुँ भन्नुहुन्छ तर संगठनभित्र सबै आईजीपीकै मान्छे हुन्छन भन्ने उहाँलाई थाह रहेनछ’, मनाङका ती जुनिएर कर्मचारीले नेपालबहससँग भने ।
उनका अनुसार आफूले राशन नखाएपछि त्यसवापतको पैसा दिनुपर्ने आवाज उठेपनि उनले दिएका छैनन् । मातहत कर्मचारीलाई ब्रिफिङ गर्ने बेलामा पटकपटक संगठन प्रमुख आफ्नो नातेदार भएको र संगठन प्रमुखले नै आफुले रोजेको ठाउँ मनाङ जाने इच्छा गरेपछि यहाँ आएको बताउँछन् ।
‘उहाँले कहाँको गुल्म जान्छौ भनेर सोध्नु भएको थियो, मैले मनाङ रोजेर आए, स्टाफ कलेज पास गरेको अब्बल कमान्डर हुँ , ब्रिफिङका क्रममा सदैव भन्ने गरेको उनको भनाई उदृत गर्दै सो स्रोतले भन्यो ‘ मानवश्रोत व्यवस्थापन समेत पढेकोले कसरी काम गर्नुपर्छ मलाई थाहा छ भन्दै उहाँले मातहतलाई तर्साएर राख्ने काम गर्दै हुनुहुन्छ ।’
सशस्त्र प्रहरीको गण्डकी प्रदेश मुख्यालय मुक्तिनाथ बाहिनीका बाहिनीपति डीआईजी नारायणदत्त पौडेलले सो गुल्मको निरीक्षण गर्न खोज्दा समेत बाटो बिग्रेकाले अहिले आउनसक्ने स्थिति नरहेको भन्दै उनले डीआईजीको निरीक्षण भ्रमणसमेत रोकेर राख्न सफल भएको बताइएको छ ।
हिउँ परेको छ हजुर ! अहिले आउन कठिन छ भन्दै डीएसपी पन्थीले रोकेको स्रोतको दावी छ । सो गुल्ममा कार्यरत करिब १ सय २० जना मध्य करिब ७५ देखि ८० जनासम्म कर्मचारीलाई बिदा छोडेर पन्थीले राशनमा बद्मासी गर्दै आएका हुन् ।
भित्र रहेका कर्मचारीलाई समेत गुणस्तरहिन राशन खुवाउने गरेको गुनासो व्यापक भएको छ । नजिकै रहेको मनाङ शिक्षालयका एसपी सुर्य आचार्यको नाम लिंदै उनले आचार्य कमान्ड क्षमतामा कमजोर रहेको तर आफु अब्बल रहेको भन्दै जवान हवल्दारको अगाडि नै आफ्नै अधिकृतको मानमर्दन गरेर आफु सक्षम रहेको दावी गर्ने गरेको समाचार स्रोतको भनाई थियो ।
गफाडी स्वभावका पन्थीले संगठनको निति विपरितका यस्ता कार्य अक्षम्य रहेको स्रोत बताउँछ । उनको विषयमा सशस्त्र प्रहरी मूख्यालयमा उजुरी आइसकेको छ । मूख्यालयले मुक्तिनाथ बाहिनीपतिलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिन निर्देशन समेत दिइसकेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार