नागरिकलाई विद्युतीय भुक्तानीका बारेमा नयाँ सिकाइ
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार २०:४७:२७
१४ फागुन,बुटवल । बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको अवधारणाअनुसार सबै टोल विकास संस्थालाई विद्युतीय भुक्तानीका बारेमा नयाँ सिकाइ शुरु गरेको छ । करीब ४०० टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यलाई विद्युतीय भुक्तानीसहितको मोबाइल एप र नयाँ प्रविधिका बारेमा प्रशिक्षित गरिएको छ । यसबाट सूचना प्रविधिमा नागरिकको पहुच बढ्न जाने विश्वास गरिएको छ ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी नयाँ प्रविधि तथा डिजिटल प्रणालीका बारेमा अद्यावधिक बनाउन टोलटोलबाट अभियान साकार पारिनु पर्नेमा जोड दिन्छन् । डिजिटल प्रविधिको कारोवारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको पनि विकास गर्नुपर्ने उनको भनाइ छ । ‘‘कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाता अझै प्रोत्साहित हुने र यसले मुलुकको कर प्रशासनलाई चुस्त बनाउन मद्दत पुग्ने छ’’, उनले भने ।
उपप्रमुख गुमादेवी आचार्यले बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह गराउने प्रयत्न जारी रहेको बताउछिन् । सेवा प्रवाहलाई अझ सहज, छरितो र विश्वसनीय बनाउँदै उनले उपमहानगरलाई सेवा केन्द्रका रुपमा विकास गरिएको जानकारी दिए । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्था गराएको छ ।
उपमहानगरपालिका र यसअन्तर्गत १९ वटै वडामार्फत अनलाइन प्रणालीबाट राजश्व सङ्कलन शुरु गरेपछि टोल विकास संस्थालाई प्रविधिका बारेमा समेत प्रशिक्षित तुल्याएको हो । यो सेवा विस्तारसँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजश्व बुझाउन सकिने भएको छ । करदाताले नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाइ सेवा शुल्क, अचल सम्पत्ति मूल्याङ्कन शुल्क, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायत राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ । यसैलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन टोल विकास संस्थामा आबद्धलाई प्रशिक्षण दिइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाको साझेदार बेलायत सरकारको दातृ निकाय नेपाल सहरी उत्थानशीलता परियोजनाको सहकार्यमा बुटवल उपमहानगरपालिकाका सबै टोल विकास संस्थाका पदाधिकारीलाई विद्युतीय भुक्तानीका बारेमा अभिमुखीकरण दिएको छ । कार्यक्रममा परियोजनाका संयोजक बेबी शाह, सहजकर्ता उपमहानगरपालिका अधिकृत दामोदर ज्ञवाली, अधिकृत अनिल माण्डव्य, आइटी शाखाका सुभाशिष कुँवर र साझेदार संस्थाका हीरामणि सापकोटालगायतले सहजीकरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार