लोपोन्मुख कुुसुन्डा भाषा जोगाउन कक्षा सञ्चालन
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार २३:५:५५
१४ फागुन,देउखुरी । लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन भाषा आयोगले दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ । उक्त कक्षा यही फागुन १८ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।
घोराही उपमहानगरपालिका –५ धर्नाको महेन्द्र मावि र वडा –१८ को सुपैलाखुटीको कुसुन्डा बस्तीमा कुसुन्डा भाषा कक्षा संचालन हुन थालेको हो । मावि धर्नामा १२ जनालाई भाषा सिकाउन कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक उदयबहादुर आलेले सहजीकरण गदैैछन् । यस्तै सुपैलाखुटीमा १८ जना कुसुन्डाका बालबालिकालाई भाषाका जानकार कमला कुसुन्डा र उर्मिला कुसुन्डाले सहजीकरण गर्नेछन् । सो आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईले कुसुन्डा भाषाको संरक्षणका लागि अर्को पुस्तालाई भाषा सिकाउनुपर्ने भएकाले कक्षा सञ्चालन गरिएको जानकारी दिए ।
घोराही उपमहानगरपालिका–५ रहेको महेन्द्र मावि, धर्नाको छात्राबासमा अध्ययन गर्ने कुसुन्डा किशोरीहरुलाई ९० घण्टाको कार्यक्रमअन्र्तगत दिनको दुई घण्टाका दरले ६० घण्टाको प्रत्यक्ष कक्षा हुने र बाँकी ३० घण्टा स्वाध्ययन हुने आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिए । उक्त कक्षामा १० जना कुसुन्डा जातिका विद्यार्थी र एक जना वादी समुदायका विद्यार्थी पनि हुनेछन् । सो उपमहानगरका प्रमुख नरुलाल चौधरीले भाषा मानिसको पहिलो माध्यम भएको र लोपोन्मुख भाषालाई बचाउन आफूहरु लागि परेको बताउँदै यसको संरक्षण र संवद्र्धनमा स्थानीय तहले विशेष चासो राखेर काम गर्ने जनाए ।
आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा। लोकबहादुर लोप्चनले आफू–आफूले बोल्दा कुसुन्डा भाषा प्रयोगमा ल्याउन सकेमा भाषाको प्रयोग धेरै हुने र भाषा जीवन्त रहने बताए । कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक आलेले कुसुन्डा भाषालाई जीवन्त राख्न सम्बन्धित समुदायले कथ्य परम्परालाई कायम राख्नुपर्ने उनले बताए ।
सो अवसरमा नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डा, मावि धर्नाका प्रधानाध्यापक ऋषिराज अधिकारीलगातयले सबै भाषाको संरक्षण र सवद्र्धनमा आयोगको ध्यान जानुपर्ने र लोपोन्मुख जातिको भाषालाई संरक्षण गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । राष्ट्रिय जनगणना २०५८ मा नेपालमा कुसुन्डाको जनसंख्या १६४ तथा वक्ताको संख्या ८७ उल्लेख थियो । २०६८ को तथ्याङ्क अनुसार नेपालमा कुसुन्डाहरुको जनसंख्या २१३ उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार