त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १५:४३:५०
१६ फागुन, काठमाडौं । वाग्मती, रुद्रमती र मनोहरा नदीको सङ्गमस्थल शङ्खमूल त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु भएको छ । चन्द्रमासअनुसार हरेक महिनाको पूर्णिमाका दिन आरती गर्ने र अरु दिन त्रिवेणीधाम क्षेत्रका तीनवटै नदीलाई सफाइ गर्ने अभियान शुरु गरिएको शङ्खमूल त्रिवेणीधाम आरती सेवा समूहले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेसका नेता एवं सो क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद प्रकाशमान सिंहले नदी सभ्यता र धर्म, संस्कृतिको संरक्षणमा समुदाय लाग्नुपर्ने बताए । काठमाडौं महानगरपालिका–३१ मा पर्ने शङ्खमूल त्रिवेणीधाम धार्मिक एवं पौराणिक हिसाबमा महत्वपूर्ण तीर्थस्थल भए पनि ओझेलमा परेकाले समूहले यसको प्रचारप्रसार एवं महत्व समुदायसम्म लैजान काम गर्ने अध्यक्ष मदनगोपाल धुँजु श्रेष्ठले जानकारी दिए ।
त्रिवेणीधाम संरक्षणका लागि आर्ट अफ लिभिङ, हनुमान आरती मण्डल, ओम शान्तिलगायत संस्थासँग समेत सहकार्य गरेर काम गरिएको समूहले जनाएको छ । साप्ताहिकरूपमा नियमित सफाइ र मासिकरूपमा शङ्खमूल त्रिवेणीधाममा नियमित आरती गरेर महत्वपूर्ण धार्मिकस्थलको संरक्षण गर्न लागिएको समूहका सहसंयोजक प्रेमबहादुर शाक्यले बताए ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय दीपेन्द्र श्रेष्ठ र गणेश दुलाल, काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी र वडा नं ३१ का अध्यक्ष नारायण भण्डारीलगायतको पनि सभागिता थियो । कार्यक्रममा जनप्रतिनिधिले सम्पदास्थलको संरक्षणमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार