फागुन २८ बाट दलित पत्रकार संघको महाधिवेशन बुटवलमा
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १६:३८:२८
१६ फागुन,काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन संघको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।
संघका हालसम्म ६० जिल्ला शाखा छन् भने काठमाडौं उपत्यकासहित सात प्रदेश समिति छन् । महाधिवेशनमा ७७ वटै जिल्ला र सबै प्रदेशबाट प्रतिनिधिको सहभागिता हुनेछ । महाधिवेशनमा दलित आन्दोलनमा सक्रिय नेता एवं लेखक÷पत्रकार टीआर विश्वकर्माको सम्मानमा स्थापित ‘टीआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार’ र राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचीकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायत नेताको चिठ्ठी आदानप्रदान गर्ने राममाया च्यामेका सम्मानमा स्थापित ‘राममाया च्यामे लोक पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।
त्यसैगरी महाधिवेशनमा नेपाली काँग्रेसका संस्थापक सदस्य एवं प्रचार, लेखक तथा नेपाली चलचित्रका पहिलो निर्देशक देवव्रत परियार ९डिबी परियार० को सम्मानमा स्थापित ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ र समाजसेवी रामेश्वर शिवाद्वारा स्थापित ‘परशु–सवरी’ पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ । दलित समुदायका पत्रकारको पेशागत हकहित प्रवद्र्धन, पेशागत सुरक्षा, क्षमता अभिवृद्धिलगायतका रचनात्मक काम गर्ने उद्देश्यले विसं २०६७ मा संघको स्थापना गरिएको हो ।
संघले सरकारी तथा निजी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताका हिसाबले समावेशी हुनुपर्ने, दलित समुदायद्धारा सञ्चालित आमसञ्चारमाध्यम नवीकरणमा कर छुट गर्नाका साथै ती सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्नेलगायत सवाल उठाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार