व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्नुपर्छ
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १९:१८:१३
१६ फागुन,काठमाडौं । कार्टुनिष्ट क्लब अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् ।
उनीहरुले लक्ष्य पूरा हुनेवित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने वातावरण तयार गर्ने प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउँदा सिर्जनशीलतामा असर पर्ने जिकिर गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले प्रेसमात्र होइन, फ्रि प्रेस र आलोचनात्मक कार्टुनको माध्यमबाट सञ्चारक्षेत्रले खबरदारी गरिरहनुपर्ने बताए । उनले भने, “सेवकको जस्तो पारा देखाउने पत्रकारिता र कार्टुनमा झल्किनु हुँदैन ।” उनले सञ्चारमाध्यमले विसङ्गतिमाथि खबरदारी गर्दा सार्वजनिक महत्वको विषय हुनुपर्ने तथा बदनियत नराखी जनतालाई सुसूचित गर्नका लागि आलोचनात्मक हुँदा कानूनको बन्धनमा पार्न नहुने विचार व्यक्त गरे । गाउँलेले सञ्चार तथा कार्टुन क्षेत्रका सबैले नियम कानूनको बारेमा पनि जानकारी राख्दै सार्वजनिक हितका लागि आवाज उठाउन छोड्न नहुनेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले देशको ठूला पदमा रहेका व्यक्तित्वसँगको पहुँचसम्म पुग्दा सुरक्षा निकायको थुप्रै घेराको सामना र नियम मान्दै हिँड्नुपर्ने अवस्था विद्यमान रहेकोले मुलुकमा गणतन्त्र आएको आभास नै नभएको जिकिर गरे ।
कार्टुनिष्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन सत्ताको जहिले प्रतिपक्ष हुने जनाउँदै समाज, राजनीति तथा सार्वजनिक विषयमा भइरहने विकृति विसङ्गतिविरुद्ध यो सशक्त माध्यम भएको बताए । उनले सूचनाको बलियो पाटो कार्टुन बनाएर छाप्नेबेला सम्पादकले कार्टुन छापेकै आधारमा कारवाहीमा परिन्छ कि भन्ने डरका कारण व्यापक छलफलपछि मात्र छापिने अवस्थामा कार्टुनिस्टले काम गरिरहेको जिकिर गरे ।
कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज ९सोफाज० का अध्यक्ष केशवराज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुनको माध्यमबाटै आलोचनात्मक सूचना, जानकारी प्रवाह गर्ने कार्टुनिस्ट नै पहिलो निशानामा पर्ने बताए । कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विगतमा पत्रिकामा मात्रै छापिने कार्टुनलाई अहिले एफएम रेडियो तथा टेलिभिजनले समेत पढ्ने गरेको प्रसङ्ग सम्झँदै कार्टुनको महत्व व्यापक बन्दै गएको बताए । उनले समाज रूपान्तरणमा कार्टुनले आवश्यकतानुसार आफ्नो भूमिका निर्वाह गर्दै आइरहेकाले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउन नहुनेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार