नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १९:५१:७
१६ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसिसी’ले सन् २०२३ सम्मका एकदिवसीय र टी-२० विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएपछि ८० वटा एसोसिएट देशका क्रिकेटप्रेमीमा उत्साह छाएको छ।
आइसिसीले इभेन्ट र मिडिया कम्पनी आइएमजीसँग सन् २०२३ सम्मका लागि सम्झौता गरेपछि कतपिय एसोसिएट देशका खेल इन्टरनेटमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण हुने भएको छ।
सम्झौताअनुसार अब छनोटका ५४१ वटा खेल इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछन्। जसमा ४१ वटा छनोट प्रतियोगिता छन्। आइसिसी एकदिवसीय विश्वकप २०२३ को छनोट, आइसिसी वुमेन्स टी-२० विश्वकप २०२३ को छनोट र आइसिसी टी-२० विश्वकप २०२२ को छनोटका खेलहरु आइएमजीले इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।
प्रत्यक्ष प्रसारण हुने कुल ५४१ खेल मध्ये १४५ वटा खेल महिलाका हुनेछन्। ती मध्ये ८० वटा एसोसिएट देशका खेलको प्रत्यक्ष प्रसारण हुनेछन्। नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल पनि अब इन्टरनेटबाट प्रत्यक्ष प्रसारण हुनेछन्। यो प्रतियोगिता आइसिसी एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता हो।
यस्तै नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी टी-२० वुमेन्स विश्वकप २०२३ को छनोट र आइसिसी टी-२० विश्वकप २०२२ को छनोट पनि अब इन्टरनेटमार्फत नेपाली क्रिकेटप्रेमीले हेर्न पाउनेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार