नरहरिनाथको योगदान भावी पुस्तासम्म लगिनुपर्छ
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २१:४८:४५
१८ फागुन,काठमाडौं । योगी नरहरिनाथले अनेकौँ सङ्घर्ष गरेर नेपालको धर्म, संस्कृति, शिक्षा तथा राजनीतिमा मौलिकता प्रवद्र्धनका लागि पहल गरेकाले उनको योगदान भावी पुस्तासम्म लगिनुपर्नेमा जोड दिइएको छ ।
जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा १०७औँ योगी नरहरिनाथ जयन्तीका अवसरमा युगनिर्माण महिला समाजले आज गरेको कार्यक्रममा नेपालको पुनःजागरणका संवाहक योगी नरहरिनाथले पु¥याउनु भएको योगदानका बारेमा स्मरण गरिएको थियो । जरो किलो महाअभियानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले कालीकोट जिल्लामा जन्मेका योगी नरहरिनाथलगायत नेपालको पुनर्जागरणको चेतना भएका अग्रजले शुरु गरेका परिकल्पनालाई निष्कर्षमा पु¥याउन जरो किलो महाअभियानको स्थापना भएको बताए ।
योगी नरहरिनाथसहित पृथ्वीनारायण शाह, मोतीराम भट्ट, शुक्रराज शास्त्री, लक्ष्मीप्रसाद देवकोटा, स्वामी विशुद्धदेव, नयराज पन्त, सिद्धिचरण श्रेष्ठलगायतका अन्य धेरै महान् आत्माको चिन्तनको जगमा रहेर गरिएको अनुसन्धान, अनुष्ठान र साधनाको फल स्वरुप सहृदयता दर्शन, आधारशिला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त र स्थितिगत्यात्मक प्रगतिवादको निर्माण भएको जरो किलो महाअभियानले जनाएको छ ।
सहृदयता समाज नेपालका अध्यक्ष बलराम प्रजापति, सनातन धर्म महासङ्घका महासचिव अभिषेक जोशी, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेलले नेपालमा शिक्षा प्रणालीमा खोट रहेको कारण विदेशी विचारक तथा अभियन्तालाई मात्र मान्ने र पुज्ने तर आफ्ना महान् गुरुहरुलाई उपेक्षा गर्ने नागरिक तयार भइरहेकोमा चिन्ता व्यक्त गरे ।
मातृभाषामा शिक्षा दिएर नेपालको मौलिक विविधताको संरक्षण र प्रवद्र्धनमा योगीजीले जोड दिएको उनीहरुको भनाइ थियो । मौलिक जरो किलो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलले योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दिव्यउपदेश प्रकाशन गरेर जनजनमा राष्ट्रिय एकताको सन्देश पु¥याएको स्मरण गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार