प्राङ्गारिक उत्पादनको पहिचान सहित बजारीकरण अभियान
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २२:१५:२७
१८ फागुन,भरतपुर । चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण अभियानको घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक सङ्घ चितवनले अभियानको घोषणा गरेका हुन । कार्यक्रममा प्राङ्गारिक उत्पादनको लोगोसमेत सार्वजनिक गरिएको छ । अबदेखि एउटै लोगोमा जिल्लामा उत्पादन भएको अर्गानिक बस्तु बजारमा जानेछ । जसले गर्दा उपभाक्तालाई उपभोग्य बस्तु चिन्न सहज हुने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल बताउछन् ।
पहिलो चरणअन्तर्गत भरतपुर १० स्थित डोको नाम्लो किसान घर र भरतपुर– १० स्थित शिखर खाद्य कुन्ज भान्सानै औषधालय थानिचोकसँग सम्झौता गरिएको हो । अर्गानिक बस्तु खरीदका लागि कालीमाटी फलफूल तथा तरकारी थोक बजारको औसत मूल्यलाई आधार मानिने ढकालले बताए । अभियान सफल बनाउन लागि कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, स्थानीय तह र कृषि विकास निर्देशनालयले अनुगमन गर्नेछन् ।
प्रमुख ढकालले जिल्लामा वृहत अर्गानिक क्षेत्र घोषणा गर्नेतर्फ पनि कार्यालयले सोच बनाएको बताए । उत्पादनलाई बजारसँग जोड्ने यो अभियानको शुरुवात महत्वपूर्ण भएको उनको भनाइ छ । अनुसन्धानकर्ता तथा अग्रज किसान डा भानिश्वर पोखरेलले धेरै लामो समयदेखि बहसमा आएको कुरा आजदेखि औपचारिक शुरुवात भएको भन्दै खुशी व्यक्त गरे । उनले सबैको सामूहिकताबाट मात्र यसबाट प्रतिफल प्राप्त हुने धारणा राखे ।
अर्गानिक खेती गर्दै आएका भरतपुरका अग्रज किसान चन्द्रप्रसाद अधिकारी लामो समयको प्रयासपछि एउटा अभियानको शुरुवात भएको भन्दै किसानका लागि एतिहासिक दिन भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार