पेट्रोलियको मूल्यवृद्धिप्रति राप्रपा युवक संगठनले जनायाे विरोध
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २२:२८:५७
१८ फागुन, काठमाडौं । कोरोना महामारीबाट नागरिक जीवन अत्यन्तै असहज र कष्टकर भएको बेला सरकारले पेट्रोलियम पदार्थको पटक–पटक मूल्य वृद्धि गरेर जनतालाई सास्ती दिएको भन्दै राप्रपा युवक संगठन (संयुक्त) ले विरोध जनाएको छ ।
‘नागरिकको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको छ । एकातिर प्रधानमन्त्री भोक र रोगबाट जनतलाई जोगाउने भन्छन्, अर्कोतिर एक सातामा तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढाउछन्,’ राप्रपा निकट युवक संगठनका अध्यक्ष फणिराज लोहनी (राजु) ले एक विज्ञप्ति जारी गर्दै भने ।
पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मूल्यवृद्धि हुनु हो । त्यसर्थ पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि अविलम्व फिर्ता लिन युवक संगठनले माग गरेको छ ।
‘जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धी फिर्ता नलिए राप्रयुसं (संयुक्त) ले आन्दोलनको आँधीवेरी सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ । जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको भन्दै अध्यक्ष लाेहनीले आपत्ति जनाएका छन् ।
‘कोरोना महामारीको कारण जनताको जनजीवन थला परेको बेला बारम्बार पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताप्रति उपेक्षा गरेको छ । सरकारको यस्तो कार्यबाट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) आश्चर्यचकित परेको छ,’ विज्ञप्तिमा उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
असोज १२, २०८१ शनिबार
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
असोज १२, २०८१ शनिबार
कुलेखानी ड्याम भरिएपछि २ वटा ढोका खोलियो
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा
असोज १२, २०८१ शनिबार