एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवाना, बचतकर्ताको रकम अविलम्ब फिर्ता दिन आदेश
नेपालबहस संवाददाता
फागुन १८, २०७७ बुधबार २:४२:९
१८ फागुन, काठमाडौं । सहकारी संस्थाका आवरणमा सयौं सर्वसाधारणले बचत गरेको करोडौं रुपैया कुम्ल्याउने न्यूरोडको धर्मपथस्थित एयरटेल सहकारी संस्थाका सञ्चालकलाई जिल्ला अदालत, काठमाडौंले जरिवाना सहित जेल सजायँ तोकेको छ । साथै, अदालतले वचतकर्ताको रकम तत्काल फिर्ता गर्न एवम् ऋण असुल गर्न गराउन समेत आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायमूर्ति परशुराम भट्टराईको एकल इजलासले ठगि तथा संगठित अपराधमा करिव २ वर्ष अघि दर्ता भएको मुद्दा उपर सोमबार यस्तो आदेश दिएको हो ।
विभिन्न प्रलोभनमा पारेर कयौं सर्वसाधारणलाई जम्मा गर्न लगाएको ठूलै रकम हिनामिना गरी एअरटेल सहकारीका प्रवन्धक अशोक जैन, अध्यक्ष सुमन केडीया ‘अशोक जैनको श्रीमती’ एवम् सञ्चालकहरु सारीका जैन, सुरेन्द्र कुमार अग्रवाल, सिमा बंशल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मालाई पक्राउ गर्न महानगरिय प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालत, काठमाडौंको आदेशमा २०७५ कार्तिक १२ गते पक्राउ पूर्जि जारी गरेको थियो ।
सोमबार गरिएको आदेश अनुसार अशोक गोयल र हेमराज जैनलाई जनही २० हजार जरिवाना तथा दुई वर्ष कैद सजाय तोकिएको छ भने सुमन केडीया, दिपेन्द्र शर्मा, मेहक गोयल ‘जैन’,रोशन कुमार दारुका, सिमा बंशल र खम्ब सिंह रिखमलाई जनही १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । त्यस्तै, सारीका जैन र रविन्द्र सिंहलाई ३ महिना कैद तथा जनही ५ हजार जरिवाना तोकिएको छ ।
साथै, अदालतले यसअघि उक्त सहकारीमा रकम जम्मा गरेर आफू ठगीएको भन्दै मुद्दा दायर गर्ने ६६ जना जाहेरवाला सहित सहकारीमा रकम जम्मा गर्ने अन्य सदस्यको समेत साँवा व्याज रकम ६ महिना भित्र सहकारीका सञ्चालक अशोक गोयल ‘जैन’, मेहक गोयल ‘जैन’ र संस्थाकी अध्यक्ष सुमन केडीया समेतले फिर्ता दिनु पर्ने एवम् खराव कर्जा तुरुन्त उठाउनु पर्ने समेत आदेश दिएको छ ।
अशोक जैन फरार हुने योजना बुन्दै
यहीबीच, अदालतको आदेशअनुसारको कैद सजाय भोग गरिसकेका एयरटेल सहकारीका मुख्य दोषी अशोक जैन कारागार मुक्त हुने बित्तिकै भारततिर पलायन हुने योजना बनाएको निकट स्रोतले जनाकारी दिएको छ ।
भारतीय नागरिक अशोक जैनले गलत विवरण पेश गरी नेपालको समेत नागरिकता बनाएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार अशोक गोयलको नामबाट मिति २०६३ माघ ११ गते जनकपुर न.पा. १४ ठेगाना उल्लेख गरी बनाएको नागरिकतामा निजको बाबुको नाम आनन्द प्रसाद गोयल उल्लेख छ । भारतिय नागरिक जैनले किर्ते विवरण पेश गरी लिएको नागरिकता प्रमाणपत्र नम्बर १७३१०२ ५०९ छानविनका क्रममा रहेको बताइएको छ ।
अदालतले सोमबार गरेको फैसला अनुसार बीस हजार जरिवाना तिरी कारागार मुक्त हुन लागेका अशोक जैनलाई प्रहरीले किर्ते विवरण पेश गरी नेपालको नागरिकता लिएको विषयमा छानविनका लागि पक्राउ गरेको छ । हाल प्रहरी परिसर,काठमाडौंको हिराशतमा रहेका अशोक जैनमाथि नागरिकता छानविन प्रकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसबीच, ठूलो चलखेलका बाबजुद पनि सहकारी ठगी गर्ने उक्त गिरोहका केही सदस्यलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको थियो भने उच्च अदालत, पाटनले समेत धरौंटीमा रिहा गर्न अस्वीकार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार