राष्ट्र बैंकले दियो ‘डिजी पे’लाई भुक्तानी सेवा प्रदायकको अनुमति
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १७:४२:१६
१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रा.लिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि अनुमति पाएको हो ।
‘नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेलेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र काम नगरी यसले मुलुकभित्र वित्तीय साक्षरता अभिवृद्धिका लागि समेत पहल गर्नेछ,’ डिजी पे प्रालिका प्रमुख कार्यकारी अधिकृत दिवाकर पाण्डेले भने ।
नेपाल राष्ट्र बैंकबाट औपचारिक अनुमति प्राप्त गर्नुभन्दा अघि नै डिजी पे लोकप्रिय भइसकेको उनी बताउँछन् । उनका अनुसार हालसम्म गुगल प्लेस्टोरबाट ५० हजार र आईओएस प्लेटफर्मबाट १० हजारभन्दा अधिक डिजी पे डाउनलोड भइसकेको छ ।
विभिन्न खालका मनोरञ्जनात्मक कार्यक्रमहरू, ब्युटीप्याजेन्ट आयोजकहरू, विभिन्न ब्रान्डका विक्रेता तथा ग्राहकमाझ लोकप्रिय भइसकेको उनी बताउँछन् ।
‘डिजी पेका माध्यमबाट वस्तु किनमेल (इकमर्स), फोन सेवा रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट आदिको भुक्तानी मात्र होइन, आफ्नै नजिकको स्थानमा आधारित कार्यक्रमको आयोजना, त्यस्ता कार्यक्रममा संलग्नता र सहभागिता, डिजिटल भोटिङसहितका कार्य सम्पन्न गर्न सकिन्छ,’ पाण्डेले भने, ‘नेपालमा डिजिटल भोटिङ सेवा सुरु गर्ने डिजी पे पहिलो वालेट हो ।’
नेपाल राष्ट्र बैंकबाट औपचारिक रुपमा भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त गरेपछि अब डिजी पेले खाद्य तथा वस्तु किनमेल र त्यसको आपूर्ति, सिनेमा र हवाई टिकट, राइड सेयरिङलगायतका विशेषताहरु थप्ने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार