औधोगिक करिडोरप्रति स्थानीय असन्तुष्ट, शिलान्यासका लागी तयार मञ्च भत्काइयाे
नेपालबहस संवाददाता
फागुन २०, २०७७ शुक्रबार ०:१९:३९
२० फागुन, बुटवल । रुपन्देही मोतिपुरका स्थानीयले औधोगिक करिडोरको शिलान्यासका तयार गरिएको मञ्च भत्काएका छन् । आफुहरूको जग्गामा औधोगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले मञ्च भत्काइदिएका हुन् ।
करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र बनाउने तयारी गरिएको करिडोरको शुक्रवार अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम छ ।त्यसका लागि अर्थमन्त्री बिहीबार नै रुपन्देही पुगेका छन् ।
बुटवल औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीका अनुसार करिव २ सय जनाको हाराहारीमा आएका स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मन्च र स्तम्भ भत्काइदिएका छन् । औद्योगिक क्षेत्र प्रभावित स्थानीयले शिलान्यास कार्यक्रम बिथोल्ने चेतावनी समेत दिएका छन् ।
रुपन्देहीको मोतीपुरदेखि सियारी गाउँपालिकामा पर्ने नदी उकास क्षेत्रको ९ सय ४६ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनिएको छ । औद्योगिक क्षेत्रलाई ३ क्षेत्रमा विभाजन गरी काम अगाडि बढाइने डीपीआरमा उल्लेख छ । तिलोत्तमा नगरपालिकालाई ‘ए’ वर्ग, मोतीपुर क्षेत्र ‘बी’ वर्ग र फर्साटिकर क्षेत्रलाई ‘सी’ वर्गमा राखेर तीन प्लटको निर्माण गरिनेछ ।
औद्योगिक क्षेत्रमा २ सय ६२ वटा उद्योग रहने छन् । औद्योगिक क्षेत्रभित्र ४ लेनको मुख्य सडक, २ लेनको सहायक सडक, साइकल लेन र फुटपाथ निर्माण हुनेछ । औद्योगिक क्षेत्र निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
परियोजनामा विदेशी लगानी वा अनुदान वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने भनिएपनि खर्चको स्रोत सुनिश्चित भइसकेको छैन । यो औद्योगिक क्षेत्र पाँच वर्षमा तयार पार्ने सरकारको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार