माओवादी द्वन्दकालको कथामा सुमेश श्रेष्ठको दुई लघुचलचित्र
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १९:२:३
२१ फागुन, काठमाडाैं । आठ बर्ष प्रहरी सेवामा रही हाल अमेरिकामा रहेका सीन सुमेश श्रेष्ठले माओवादी द्वन्दकालको बेला आफुले देखेको सुनेको कुराहरुलाई “अ कोल्ड हार्ट ” र “अ साइलेन्ट रिभेन्ज ” नामको दुईवटा लघु चलचित्रको रुपमा उतारेका छन्। बिहिबार नयाँ बानेश्वर स्थित आईप्लेक्स मलको वान सिनेमा हलमा श्रेष्ठले आफ्ना पुराना सहपाठी तथा पत्रकार ,कलाकारहरु बीच दुवै लघु चलचित्रको प्रिमियर शो राखेका थिए ।
चलचित्रको प्रिमियर अघि बोल्दै निर्देशक सीन सुमेश श्रेष्ठले द्वन्दकालको बेला माओवादी र प्रहरी दुवैतीरबाट कोही शोषित -पिडित थिए भने त्यो सोझा साझा -निमुखा नेपाली जनता नै थिए र आफु प्रहरी सेवामा रहँदाको आफ्नो त्यही अनुभव , सुनेका कुराहरुलाई आफु पनि कलाकारितामा आकर्षित भएकोले गर्दा धेरै वर्षदेखि चलचित्रको रुपमा ल्याउने सोच थियो। जुन सपना चै लकडाउनको अवधिमा नेपाल बसाईंको क्रममा पुरा भएको बताए। बिस बर्ष अघि नेपाल टेलिभिजनको चर्चित सिरियल दुश्मनमा छोटो -मिठो अभिनय समेत गरेका सीन सुमेश श्रेष्ठले प्रहरीको जागिर छोडी पढाईको लागि अमेरिका गएपछि त्यतै बाट फिल्म मेकिङ्गको कोर्ष समेत गरेको बताए। भविष्यमा नेपाली चलचित्र तथा अमेरिका बाटै अंग्रेजी चलचित्र समेत निर्माणको योजना समेत रहेको श्रेष्ठले बताए।
अर्का निर्माता एभरेस्ट थापाले दुवै लघु चलचित्रलाई विभिन्न राष्ट्रिय -अन्तरास्ट्रिय फिल्म फेस्टिभलमा समेत पठाईने बताए। उपस्थित दर्शकहरुको राम्रो प्रतिक्रियाले अझ काम गर्ने हौशला मिलेको उनले बताए। दुवै चलचित्रको कथा ,पटकथा ,संबाद तथा निर्देशन सीन सुमेश श्रेष्ठको रहेको छ भने निर्माण एभरेस्ट थापा र सीन सुमेश श्रेष्ठको रहेको छ। त्यस्तै सरद महतोको छायाँकन , पासांग दावा शेर्पा को सम्पादन ,राजेन्द्र मोक्तानको कलर रहेको छ।
“अ साइलेन्ट रिभेन्ज “मा प्रविन खतिवडा , सारा जे अधिकारी ,रोय श्रेष्ठ , सबिर चुरौटे ,सुभाष खड्का ,प्रेम क्षेत्री राजेश बिस्वकर्मा ,सीन सुमेश श्रेष्ठ र बाल कलाकार संगम राई को अभिनय रहेको छ भने “अ कोल्ड हार्ट ” मा प्रविन खतिवडा , पशुपति राई सोनाम सिङ्ग लामा ,सुभास खड्का अमर क्षेत्री र प्रेम क्षेत्रीको अभिनय रहेको छ।
“अ कोल्ड हार्ट ” को प्रोमो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार