विश्व बैंकको ५६ करोड अनुदान पुतलीबजार नगरपालिकालाई
नेपालबहस संवाददाता
फागुन २२, २०७७ शनिबार १८:५२:२
२२ फागुन, स्याङ्जा । विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोगमध्ये पुतलीबजार नगरपालिकालाई ५६ करोड १२ लाख अनुदान प्राप्त भएको छ । नेपाल सरकारले शहरी विकास तथा भवन निर्माण विभागमार्फत शहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रमका लागि पालिकालाई अनुदान प्रदान गरेको हो ।
विश्व बैंकले प्रदान गरेको ऋण सहयोग नेपाल सरकारमार्फत पुतलीबजार नगरपालिकालाई अनुदान प्राप्त भएको पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले जानकारी दिइन् । नगर प्रमुख क्षेत्रीले अनुदानबाट पूर्वाधार विकास अन्तर्गत बाटो, नाला, विभिन्न सडकका स्तरोन्नति, बसपार्क, कृषि र हाटबजार लगायतका क्षेत्रमा काम हुने बताइन् ।
अनुदान प्रदानका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीबिच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । नेपाल सरकारबाट प्राप्त सहयोग तथा अनुदान सन् २०२१ देखि २०२५ सम्म सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार १७ वटा पालिकासँग सम्झौता गरेको छ भने ३० वटा पालिकासँग सम्झौता गर्ने कार्यक्रम रहेको छ । यो ‘सफ्टवेयर ओरेन्टेड’ कार्यक्रम भएको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार
गाउँमा बालबालिकाको बसोबास नहुँदा ज्येष्ठ नागरिक चिन्तामा
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार