पुन:स्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १६:२:४५
२३ फागुन, काठमाडौं । पुन:स्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ । गएको पुष ५ गते विघटनको घोषणा भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले गएको ११ गते पुनःस्थापना गरिदिएको थियो । संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सर्वोच्चले आदेश दिएकाले आज दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको हो ।
प्रतिनिधिसभा पुनःस्थापनाको घोषणापछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रधानमन्त्री ओलीमाथि दबाब रहेपनि उनले राजीनामा दिनुभएको छैन । प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तर राजीनामा नदिने र विश्वासको मत पनि नलिने मनस्थिति बनाएका छन् । हिजोको नेकपाको ओली समूहको संसदीय दलको बैठकले पनि यही निर्णय गरेको थियो ।
यस्तै नेकपाको प्रचण्ड–नेपाल समूहले बैठक बस्नुअघि राजीनामा नदिए अविश्वासको प्रस्तावमार्फत हटाउने बताउँदै आएको छ । अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री ओलीलाई हटाउन अरु दलको सहयोग आवश्यक पर्ने र अरु दलले अहिले नै निर्णय नगरिसकेकाले आज नै अविश्वासको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्नेमा प्रचण्ड-नेपाल समूहले निर्णय गरिसकेको छैन ।
नेपाली कांग्रेसले नेकपा विभाजित नभएसम्म कुनै एउटा गुटलाई मात्रै समर्थन गरेर अघि बढ्न नसक्ने प्रतिक्रिया दिँदै आएको छ । तेस्रो ठूलो दल जसपाले पनि निर्णय गरिसकेको छैन । अविश्वासको प्रस्ताव फेल भयो भने तत्काल फेरि अर्को अविश्वासको प्रस्ताव पेस गर्न नमिल्ने भएकाले आज नै प्रस्ताव पेस हुनेबारे अन्योल छ ।
आजको कार्यसूचीमा यो विषय भने समावेश भएको छैन । आजको बैठकमा ८ वटा सम्भावित कार्यसूची प्रस्ताव गरिएको छ । यसअघि नै प्रतिनिधिसभाका ३८ र राष्ट्रियसभाका २५ विद्येयक अड्किएर बसेको छ । तर विधेयकहरुमाथि छलफलमा भन्दा सत्ता गठबन्धनको मुद्दाले बैठकमा प्राथमिकता पाउने देखिएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ राजनीतिक रुपमा विभाजित भए पनि कानुनी रुपमा अहिलेसम्म विभाजित नभइसकेकाले आजको संसद बैठकमा दुवै समूहका सांसदहरु सत्ता पक्षकै बेन्चमा बस्नेछन् । दल विवादका कारण फरक-फरक ठाउँमा बस्ने भन्ने नहुने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार