मिस्टर एन्ड मिस रौनियारको प्रतियोगीको ट्यालेन्ट शो
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:१३:२५
२३ फागुन, काठमाडौं । मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, प्रहसन, कविता बाचन, बतृत्वकला जस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन् । एमी इन्टरटेनमेन्टद्धारा आयोजित यो प्रतियोगितामा २१ जना प्रतियोगीहरु छन् ।
जस मध्य ११ जना काठमाडौंका र १० जना विराटनगरका रहेका छन् । काठमाडौंका ११ जना प्रतियोगीले काठमाडौंका जमल स्थित नाचघरको मिनी हलमा शनिबार आफ्नो ट्यालेन्ट शो देखाएका हुन् ।
ट्यालेन्ट शोमा प्रतियोगीहरु आँचल रौनियार, पप्पु रौनियार, सर्वजीत रौनिया र सोमन रौनियारले नृत्य प्रस्तुत गरेका थिए । सालु रौनियारले विभिन्न क्यारिकेचर गरेर सबैलाई हँसाईन् । यस्तै खुस्बु रौनियारले प्रस्तुत गरेको छोरी माथिको कविता आकर्षक थियो । नन्दिनी रौनियारले नारी यौन हिन्साबारे आफ्नो बिचार राखिन् ।
ट्यालेन्ट शोमा शिक्षा गुप्ता, राज रौनियार, अस्मित रौनियार, अँकित रौनियारले विभिन्न गीतहरु गाएर आफ्नो प्रतिभा देखाए । ट्यालेन्ट शोको निर्णायकमा अभिनेता रणभीर शाह, गायिका, सञ्चारकर्मी तथा मोडल सरिता भारती, मिस रौनियार २०१९ की बिजेता प्रिती रौनियार, मोडल तथा कलाकार भरत रौनियार थिए ।
राजन रौनियार र एमी रौनियारद्धारा आयोजित दोश्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ को चयन आगामी २९ फागनु शनिबार नाचघरमा एक समारोहबीच हुनेछ । यो प्रतियोगिताका बाँकी १० अन्तिम प्रतियोगीहरुमा बिराटनगरबाट प्रीति गुप्ता, स्नेहा रौनियार, सोनल रौनियार, मुस्कान रौनियार, ज्योनी रौनियार, स्नेहा रौनियार २, आयुष रौनियार, मधु रौनियार, अजय रौनियार रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार