‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:२४:५५
२३ फागुन, काठमाडौं । कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक भएको छ । यसअघि राजभण्डारीको ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ पहिलो भाग प्रकाशन भइसकेको छ ।
चित्रकार तथा कला अध्यापक राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गरेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त उनी नेपाल सरकारको निशानाछापको मुख्य डिजाइनरसमेत हुन् । सिर्जना कलेज अफ फाइन आर्टसले प्रकाशन गरेको पुस्तकमाथि टिप्पणी गर्दै कलाकार तथा कलालेखक मदन चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढङ्गले बुझ्न पुस्तकले सघाउने विचार व्यक्त गरे । उनले पुस्तकमार्फत युरोपको राजनीतिक तथा सांस्कृतिक परिवर्तनसँगै कलामा देखिएका नयाँ आधारलाई कलाले अङ्गिकार गरेका विषयसमेत थाहा पाउन सकिने जिकिर गरे ।
प्रा डा अभि सुवेदीले पश्चिमी कलाका बारेमा नेपालीमा खासै पुस्तक नलेखिएकाले सो पुस्तक निकै महत्वको बताए । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा विनोद विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको तथा कलाका विभिन्न शैलीलाई तथ्यपरक ढङ्गले पुस्तकमा चित्रण गरिएको विचार व्यक्त गरे ।
पूर्वसचिव तथा लेखक शरदचन्द्र पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको धारणा व्यक्त गरे । लेखक प्रकाश सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्व रहेको बताए । डा गीता त्रिपाठीले कृतिको भाषिक पक्ष राम्रो रहेको बताउँदै कलालाई नजिकबाट नियाल्न र यसका विविध पाटाका बारेमा जान्न पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे । पुस्तकका लेखक राजभण्डारीले कृति नेपाली कलाकार, विद्यार्थी तथा कलापारखीका लागि एउटा पाठ्यसामग्री हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार