आँधीखोलामा दलित संघको कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १९:४५:१८
२३ फागुन/स्याङ्जा । नेपाल दलित संघ जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका–५ कृषिमा दलित समुदायको ‘जिल्लास्तरीय क्षमता विकास एवम् जागरण अभियान’ सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसमा आबद्ध दलित नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता राजु थापा, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति तुलसी रेग्मी, तरुण दलका क्षेत्रीय सभापति कुमबहादुर गुरुङ, आँधीखोला गाउँपालिकाका कांग्रेस नेता प्रदीप पौडेल, आँधीखोला गाउँपालिकाका सभापति नारायण प्रसाद पौडेल, नेपाली कांग्रेस केन्द्रीय जनसम्पर्क समितिका सदस्य जगदीश पौडेल, क्षेत्रीय कोषाध्यक्ष थमन बोगटी, तरुण दलका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, दलित संघका केन्द्रीय प्रतिनिधि सुजन गहतराज, लोकतान्त्रिक बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य बद्री पौडेल, लेखक तथा पत्रकार युवराज पौडेल, कांग्रेस नेता गोपाल ढकाल, मीना दर्जी, डिल बहादुर बिक, दीपेन्द्र खड्का, वसन्त कुमार बिक, डल्ले सार्की, श्रीराम उपाध्याय आदिको उपस्थिति थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य राजु थापाले नेपाली काङ्ग्रेसले वीपीकै समयदेखि दलितको सम्मान र संरक्षण गरेको धारणा राख्दै आफूहरुले संविधान बनाउने बेलामा दलितको हक अधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गरेको बताए ।
उनले भने, ‘सीप र प्रतिभाका धनी दलितहरुमाथिको कुनै पनि प्रकारको दमन र विभेद आफूहरुलाई स्वीकार्य नहुने भएकाले दलित दमनका विरुद्ध लोकतान्त्रिक शक्तिहरु प्रतिरोधमा उत्रनु आवश्यक छ’ ।
क्षेत्रीय सभापति तुलसी रेग्मीले दलितहरुले सबैलाई श्रम गरेर जिउने प्रेरणा दिएकाले उनीहरुप्रति समाजले आदर र सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।
तरुण दलका क्षेत्रीय सभापति कुमबहादुर गुरुङले जो सीप र पेसामा सक्षम छ, त्यही वर्ग समाजमा पछि पारिनु दुर्भाग्यपूर्ण भएको भन्दै समाजमा हुने विभेदका विरुद्ध तरुणहरू प्रतिरोधमा उत्रिनु आवश्यक रहेको विचार व्यक्त गरे ।
काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रेम पौडेलले संविधानमा दलितहरूका हक र अधिकार सुनिश्चित भए पनि सामाजिक सोचका क्षेत्रमा तिनको सफलतापूर्वक कार्यान्वयन गर्नका लागि परम्परागत सोचमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे । दलित संघका केन्द्रीय प्रतिनिधि सुजन गहतराजले दलितहरू आज पनि विभेद र शोषणको शिकार भइरहेकाले यसका विरुद्ध सबै मिलेर लड्नुपर्ने धारणा राखेका थिए ।
नेपाल दलित संघका जिल्ला सदस्य सुवास गहतराजद्वारा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व दलित संघका जिल्ला सचिव लिलबहादुर खापालले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य दलित संघका जिल्ला सदस्य भीमबहादुर बिकले गरेका थिए ।
दलित संघको कार्यक्रम समापनपछि स्थानीय ‘शिवजी खोला युवा क्लब’ आँधीखोला–५, रंगुवाद्वारा आयोजित टोलस्तरीय भलिबल प्रतियोगिताको संविधानसभा सदस्य तथा प्रमुख अतिथि राजु थापाले उद्घाटन गरेका थियो । स्थानीय युवाहरूलाई खेल क्षेत्रको माध्यमबाट अनुशासित र कर्तव्यपरायण बनाउनका लागि सो खेलको आयोजना गरिएको आयोजकहरुको भनाइ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार
गाउँमा बालबालिकाको बसोबास नहुँदा ज्येष्ठ नागरिक चिन्तामा
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार