कोरोना खोप लगाए पनि स्वास्थ्य उपाय अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री पौडेल
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १९:२९:४
२४ फागुन, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाविरुद्धको खोप लगाए पनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध गरेका छन् । हेटौँडा अस्पतालको खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाएपछि प्रतिक्रिया दिँदै उनले खोप लगाए पनि सामाजिक दूरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न विज्ञको सुझाव रहेकाले सोहीअनुसार गर्न आग्रह गरेका हुन् ।
उनले प्रदेशमा रहेका ५०६ खोप केन्द्रबाट दैनिक खोप लगाउने काम भइरहेको जानकारी दिए । उनले ती केन्द्रबाट कोभिडविरुद्धको दोस्रो खोप अभियानअन्तर्गत आइतबार मात्रै ३१ हजार ४१७ ले खोप लगाएको जानकारी दिए । खोप पूर्णरुपमा सुरक्षित रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
मुख्यमन्त्री पौडेलले आज प्रदेश राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताल खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाए । उनीसँगै उनकी धर्मपत्नी विजया, सुरक्षाकर्मी एवं सचिवालयका सदस्यले खोप लगाएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार