पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा आजदेखि शुरु
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १८:५:५५
२५ फागुन, काठमाडौं । फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि शुरु भएको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजा आजदेखि शुरु गरिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए।
महाशिवरात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा रु पाँच हजार ५०० र ११ हजार गरी दुई किसिमका विशेष पूजामात्र गरिने पनि उनले बताए । रु पाँच हजार ५०० पूजा गर्ने दुईजना कर्ता र रु ११ हजार रसिद काटेर विशेष पूजा गर्ने चारजना कर्तालाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार