विविधता संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २२:३:५५
२५ फागुन,बलेवा । ढोरपाटन शिकार आरक्षले जैविक विविधता संरक्षणमा सञ्चारमाध्यमको भूमिकाको खोजी गरेको छ । आरक्षका क्रियाकलाप, संरक्षणका प्रयास र आरक्षले राज्यको विकास तथा पर्यटनमा पु¥याएको प्रभावको खोजी गर्नुपर्ने बेला भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।
आरक्ष कार्यालयले बाग्लुङ बजारमा आयोजना गरेको अन्तरक्रियामा प्राणी र वनस्पतिको संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनले जानकारी गराए । जैविक विविधतालाई आफूले उपयोग गरेर सन्ततिलाई पनि जस्ताको त्यस्तै हस्तान्तरण गर्ने अभ्यासका लागि सञ्चारमाध्यमले आम उपभोक्तालाई सन्देश दिनुपर्ने उनले बताए । “अहिले प्रयोग गरेर सक्ने प्रयास गर्दा दोहन हुने गर्छ, तर हामीले दिगो व्यवस्थापन र उपयोग खोजेका छौँ”, कँडेलले भने, “राज्यले थालेको अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्छ ।”
आरक्षले मध्यवर्ती क्षेत्र घोषणाको तयारी गरेको, सुरक्षाको व्यवस्थापन बढाएको, चोरी शिकारलाई रोकेर महत्वपूर्ण जन्तु र वनस्पतिको संरक्षण गर्ने योजना पनि उनले सुनाए । संरक्षणका लागि संस्थागत संरचना निर्माण, समुदायको सहभागिता, समन्वय, प्रविधिको उपयोग, कानूनको पालना र क्षमता विकासका ढाँचाहरु प्रयोगमा ल्याएको भन्दै कँडेलले आरक्षणको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
उक्त अवसरमा पत्रकारहरुले आरक्षको संरक्षण, शिकारका प्रकृति, स्थानीयवासीको विकास ढाँचालगायत विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा रेन्जर दीपेन्द्र पोखरेल, सुदीपराज अधिकारीले संरक्षणको प्रयास र अहिलेसम्मका उपलब्धिबारे जानकारी गराए । पर्यटकीय क्षेत्रको विकास र पूर्वाधार निर्माणमा पहल बढाउनुपर्ने उनीहरुको धारणा थियो । शिकार आरक्षणमा शिकारीबाहेक वर्षेनि धेरै पर्यटकसमेत पुग्छन् । उनीहरुका लागि सुविधा सम्पन्न होटेल बनाउने विषयमा पनि राज्यको ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता सहभागीले औँल्याएका थिए ।
आरक्षण कार्यालयका अनुसार यहाँ चरण क्षेत्र ४४४, वन क्षेत्र ४२६, कृषि क्षेत्रमा २६, वनस्पतिका लागि ४२६ वर्ग किमी छ । आरक्षमा नाउर र झारल शिकार गर्न पाइन्छ । नेपाल सरकारलाई राजश्व तिरेर गरिने शिकारका लागि विदेशी शिकारी बढी आउने गर्छन् । यहाँ अन्य ३२ प्रकारका स्तनधारी र १६४ प्रकारका पक्षीहरु संरक्षित छन् । यहाँ छेन्टुङ गुम्बा, उत्तरगङ्गा, गुर्जाखानी, रुद्रताललगायत धेरै पर्यटकीय क्षेत्र पनि छन् । आरक्षको एक मुख्य कार्यालयसहितका पोष्टमा ७२ जना कर्मचारी र सेनाको एक गुल्म सुरक्षा पोष्ट छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार
गाउँमा बालबालिकाको बसोबास नहुँदा ज्येष्ठ नागरिक चिन्तामा
बैशाख २१, २०८१ शुक्रबार
दुनाटपरी बुन्न महिलाहरुलाई भ्याइनभ्याइ
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार