गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र हुँदै
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १६:१४:२९
२६ फागुन, गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु गरिएको हो । मध्यपहाडी पुष्पलाल लोकमार्गसमेत कालोपत्र गर्ने तयारीमा छ । लोकमार्गको अक्षेते खण्डबाट बिहुँ–सुल्डाँडा–लेखानी जोड्ने मूल सडकको ९०० मिटर सडक कालोपत्र गर्न थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।
गण्डकी प्रदेश सरकार पूर्वाधार कार्यालय बागलुङले नयाँ युग कन्स्ट्रक्सनलाई गत वर्ष फागुन ११ गते निर्माणको जिम्मेवारी दिएको थियो । एक वर्षमा सडकमा पूर्वाधार निर्माण भइरहेको कम्पनीका आधिकारिक प्रतिनिधि कुमार कार्कीले जानकारी दिए ।
उक्त सडकमा ग्याविन भर्ने, सडक चौडा गर्ने, ग्राभेल तथा सवबेसको काम सकिएको र एक हप्ताभित्र कालोपत्रको काम थाल्ने उनको भनाइ छ । “मौसम अझै चिसो छ, चैत महिनामा कालोपत्र थालिनेछ”, कार्कीले भने, “अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेकाले कालोपत्र छोटो समयमै सम्पन्न गर्नेछौँ ।”
सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले रु दुई करोड ३७ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार कार्यालय बागलुङका इञ्जिनीयर श्यामप्रसाद भण्डारीले जानकारी दिए । उक्त सडक साढे पाँच मिटर चौडा बनेको छ । मध्यपहाडी लोकमार्गको अक्षेते खण्डलाई जिरो किलोमिटर मानेर सुल्डाँडासम्मको करिब ९८२ मिटर सडक पहिलो चरणमा कालोपत्र हुनेछ । यो सडक कालोपत्र भएसँगै काठेखोला गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र सुल्डाँडा कालोपत्र सडकले जोडिनेछ ।
ठेकेदार प्रतिनिधि कार्कीका अनुसार उक्त सडकमा १२० मिटर ढलान र बाँकी खण्डमा कालोपत्र गरिनेछ । ढलानको काम सकिएको हुँदा कालोपत्रको काम तुरुन्त शुरु गर्ने उनले बताए । कालोपत्र गर्ने सडकमा सधैँ चिसो हुने भएकाले चैत नलागी कालोपत्र नगर्न प्राविधिकले दिएको सुझावका आधारमा काम केही ढिला भएको हो । यस सडक काठेखोला गाउँपालिकाको वडा नं ७ रेश, वडा नं ८ लेखानी तथा वडा नं ५ र ६ को पश्चिम भेगको प्रवेशद्वार हो । निकै भिरालो र जीर्ण सडकमा पटक–पटक दुर्घटनासमेत हुँदै आएको थियो ।
पुरानो सडक स्तरोन्नति नभएकाले काठेखोला गाउँपालिका र वडा कार्यालयको समन्वयमा बजेट विनियोजन गर्न पहल भएको थियो । हरेक वडा कार्यालयदेखि गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र गर्ने गाउँपालिकाको योजनाको उक्त सडक सहयोगी बन्नेछ । अहिले गाउँपालिकाको केन्द्रबाट रेश वडा कार्यालय पुग्ने सडकको केही भाग कालोपत्र भइसकेको छ भने चार किलोमिटर सडकमा धमाधम पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार