महाशिवरात्रिका अवसरमा होम र महारुद्री पाठ
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार २२:१:३०
२७ फागुन, बनेपा । महाशिवरात्रिका अवसरमा काभ्रेपलाञ्चोकको बनेपास्थित चण्डेश्वरी र पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर प्राङ्गणमा विविध कार्यक्रम गरी महाशिवरात्रि पर्व मनाइएको छ । बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरमा पतञ्जली योग समिति बनेपाले ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ’ गरेको छ भने पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा महारुद्राभिषेक गरिएको हो ।
पतञ्जली योग समिति वाग्मती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले शान्ति, समाज र वातावरण शुद्धीका लागि ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ आयोजना गरिएको बताए । महाशिवरात्रिको अवसरमा गायत्री मन्त्र जप गर्दा परिवारमा शान्ति, स्वस्थ हुनुका साथै दिवङ्गत आत्माको शान्तिका लागि यज्ञ आयोजना गरेको उनको भनाइ छ । शिवरात्रिको दिन गरिएको महामृत्युञ्जय मन्त्र र गायत्री मन्त्रको जपमा इच्छुक सबै महानुभावले सहभागिता जनाउन सक्ने तौजलेले बताए । शुत्रबारसम्म सञ्चालन हुने यज्ञमा मनलाई शान्त पार्न हरेक व्यक्तिले होम गर्न सक्ने उनले जानकारी दिए ।
त्यस्तै पनौतीमा भएको कार्यक्रममा भागवत धर्म संरक्षण समितिले महारुद्री पाठ कार्यक्रम आयोजना गरेको छ । आयोजक समितिका अध्यक्ष अच्युत वाग्लेले इन्द्रेश्वर महादेव र सिङ्गो पनौतीको प्रचारप्रसार गर्ने उद्देश्यले महारुद्री पाठको आयोजना गरेको बताए । ऐतिहासिक एवं धार्मिकस्थल पनौतीको महत्वबारे गर्नुपर्ने प्रचारप्रसारमा कमी आएका कारण पनि थप प्रचार गर्ने र आध्यामिक प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको उनले बताए । आज भएको कार्यक्रममा १३० ब्राम्हणद्वारा इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा महारुद्री पाठ गर्ने काम सम्पन्न भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार