पेप्सीकोला–सल्लाघारी सडक ५५ प्रतिशत सम्पन्न, चौडाइमा कालोपत्र
नेपालबहस संवाददाता
फागुन २७, २०७७ शुक्रबार १:१५:४५
२७ फागुन, काठमाडाैं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । चालू आवसम्म कालोपत्र सक्ने गरी सो सडकको उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ ।
स्थानीयवासीले जग्गाको समेत मुआब्जा माग गरेर लामो समयसम्म पनि निर्माण अघि बढाउन नदिएकाले अवधि सकिँदा पनि सम्पन्न नभएको काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बीस मिटर चौडाइ कायम गर्ने गरी तीन वर्ष पहिले ठेक्का सम्झौता भए पनि त्यसअनुसार सडक खाली गराउन नसकिएको आयोजनाका सूचना अधिकरी लक्ष्मण देवकोटाले बताए।
बहाखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने थियो । काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि खाली गराउन सकेको थिएन । निर्माणस्थल खाली नभएकै कारण लामो समयसम्म अवरुद्ध भए पनि गत वर्ष उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयानुसार सडक कालोपत्र भइरहेको छ । उनले भने, “केही ठाउँमा मापदण्डअनुसार भए पनि धेरै ठाउँमा भइरहेको छैन ।”
लामो समयसम्म चौडाइ विवादका कारण निर्माण अवरुद्ध भएकामा सरकारले गत वर्ष बिस्तारका क्रममा रहेका सबै सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा काम अघि बढिरहँदा गत आवमा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसपछि निर्माण सामग्रीको अभाव रहेको थियो । उनले भने, “अहिले समस्या हटेकाले काम भइरहेको छ ।”
चार दशमलव पाँच किलोमिटर लम्बाइको सो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि गत पुषमा सकिएको थियो । उक्त सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो ।
काठमाडौं उपत्यकामा आयोजनाले नौ सडक विस्तारको काम शुरु गरे पनि अहिलेसम्म कुनै पनि सडक सम्पन्न भइसकेका छैनन् । काठमाडौंमा तीन र ललितपुरमा पाँच तथा भक्तपुरको एउटा सडक बिस्तार शुरु गरिएको थियो । अहिले भएका सडक सम्पन्न नभएकाले सडक विभागले थप सडकमा बिस्तारको योजना बनाएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार