एक सातामा सुनको भाउ तोलामा एक सय महँगियाे
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १७:४८:८
२८ फागुन, काठमाडौं । एक सातामा सुनको भाउ तोलामा एक सय रुपैयाँ महँगिएको छ । दैनिक ६ सय रुपैयाँ घटबढ चलिरहेको सुनको भाउ शुक्रबार पनि तोलामा ६ सय रुपैयाँले घटेको छ ।
दैनिक ६०० रुपैयाँको अन्तरमा घटबढ भए पनि समग्रमा सुन एक सय रुपैयाँले महँगिएको हो । आइतबार सुन प्रति तोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
दोस्रो दिन सोमबार एक सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँ पुग्यो । तर मंगलबार सुन ६ सय रुपैयाँले घट्यो । त्यसपछि लगातार ६ रुपैयाँको अन्तरले उतारचढाव सामना गर्नुपर्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ८६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदी साताभरमा २० रुपैयाँ महँगिएको छ । महासंघका अनुसार चाँदी एक हजार २ सय ७० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार २ सय ८५ रुपैयाँ कायम भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार