सिटामोलसमेत नपाइने गाउँमा अहिले विशेषज्ञ सेवा
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १९:४:१४
२८ फागुन,मान्म । कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ । सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो । हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले शल्यक्रियासहितको विशेषज्ञ सेवा दिन थालिएको छ ।
नेपाल सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजनासहित अस्पतालको शिलान्यास भएपछि गाउँमा नै विशेषज्ञ सेवा दिन थालिएको हो । गाउँमा पहिले ज्वरो आउँदा सिटामोलसमेत नपाइने गरेको अहिले गाउँमा नै चिकित्सकसहित विशेषज्ञ सेवा सञ्चालन आएपछि सजिलो भएको पलाँता गाउँपालिका–९ का राजबहादुर बमले बताए । “पहिलो औषधि नाममा सिटामोलसमेत पाइँदैनथ्यो । जडीबुटी र धामीझाँक्रीको भर पर्नुपथ्र्यो”, उनले भने, “अहिले गाउँमा डाक्टरसहितको विशेषज्ञ सेवा सञ्चालन आएपछि सहज भएको छ ।”
गाउँ जटिल खालका बिराम लागेर बसेकाहरुले अहिले औषधि उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा आउन थालेको र गाउँ नै शल्यक्रियासहितको उपचार हुन थालेको स्थानीय नरबहादुर रोकायाले बताए । “घाउ खटिरा आउँदा पनि उपचार पाएका थिएनौँ”, उनले भने, “अहिले गाउँमा नै विभिन्न रोगको सहजै उपचार पाउने गरेका छौँ ।”
सामान्य बिरामी हुँदा सिटामोलसमेत नपाउने गरेको ठाउँमा अहिले विशेषज्ञ सेवा सञ्चालन गरिएको पलाँता अस्पतालका डा विजयकुमार महतो बताउछन् । “दुर्गम ठाउँ भएकाले यहाँका स्थानीयवासीले सिटामोलसमेत पाउने गरेका थिएनन्”, उनले भने, “अहिले जटिलखालका बिरामीको शल्यक्रिया गर्न थालेका छौँ ।”
विगतमा सामान्य ज्वरो आउँदा पनि जिल्ला सदरमुकाम मान्म र बाहिरी जिल्लामा जानुपर्ने बाध्यता अहिले हटेको स्थानीयवासी रामबहादुर बिकले बताए । “सामान्य बिरामी हुँदा पनि हामीले दशौँ हजार रुपैयाँ खर्च गरेर दुईतीन दिन हिँडेर जानुपर्ने बाध्यता थियो”, उनले भने, “अहिले गाउँमा नै डाक्टर’साब पाउँदा खुशी लागेको छ ।”
देशमा तीन तहका सरकार बनेको अहिले गाउँमा नै चिकित्सक देख्न पाउँदा साँच्चै गाउँमा सिंहदरबार आएको अनुभूति भएको स्थानीय करवीर बमले बताएका छन् । “हिजो गाउँमा सिंहदरबार आयो भनियो । के आयो के आयो सोचेको थिए”, उनले भने, “अहिले गाउँमा नै औषधि उपचारका लागि डाक्टर देख्दा गाउँमा नै सिंहदरबार आएको अनुभूति भएको छ ।”
गाउँपालिकाले स्वास्थ्य शिक्षामा पछाडि परेको गाउँपालिकालाई स्वास्थ्य सेवा, शिक्षालगायतका क्षेत्रमा पहुँच वृद्धि गर्ने उद्देश्यले काम गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । “स्वास्थ्य क्षेत्रमा अहिले आमूल परिवर्तन गर्न त सक्दैनौँ”, उनले भने, “तर, अरू केही गर्न नसकिए पनि गाउँमा विशेषज्ञ सेवासहित डाक्टर गाउँमा नै राखिएको छ ।” गाउँमा नै औषधि उपचार पाउन थालेपछि पलाँताका स्थानीयवासी उपचारका टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालुवाटारमा कांग्रेस नेतालाई प्रधानमन्त्री प्रचण्डको निम्तो
जेठ ४, २०८१ शुक्रबार