महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तकाे बिदाइ
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शनिबार १:३८:२
२८ फागुन, भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ ।शिवरात्रिमा विभिन्न स्थानबाट सो मन्दिर दर्शन गर्न आएका १६२ साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको मन्दिर संरक्षण समितिका मोहन बलले जानकारी दिए ।
साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराउने प्रचलनअनुसार ‘क’ वर्गकालाई नगद रु एक हजार १०५, ‘ख’ वर्गलाई नगद रु ७०५ र ‘ग’ वर्गलाई नगद ५०५ तथा प्रत्येकलाई कम्बल, धोती, ज्याकेट र एक थान रुमाल प्रदान गरिएको समितिले जानकारी दिएको छ ।
देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगी शिवरात्रिमा डोलेश्वर एकहप्तादेखि आएका थिए । विगतका वर्षमा ७५० जनासम्म साधुसन्तको आगमन हुने गरेपनि यसवर्ष भने कोरोना सङ्क्रमणका कारण कम आएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार