फोन गर्न गाउँपालिकाका अध्यक्ष रुखको टुप्पामा !
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शनिबार १:४३:१८
२८ फागुन, सिमकोट । हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन । गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा जोडिने गरेका छन् ।
दैनिक दुई घण्टाको पैदल हिँडेर डाँडामाथि रुखमा चढेर फोन गर्न बाध्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए ।भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एकमात्र नेपाल टेलिकमको टावर मेल्छाम–५ मासीधारमा ०६६/०६७ सालमा बनेको थियो ।
उक्त टावर कम क्षमता भएकाले सीमित मात्रामा टेलिफोन हुने गर्दथ्यो । उनले टावर अहिले आएर पूर्णरुपमा बन्द हुँदा दुई घण्टाको पैदल बाटो हिँडेर रुखको टुप्पोमा गएर फोन गर्न बाध्य भएको बताए । टेलिफोन नभए पनि इन्टरनेट सेवा अत्यन्तै सुस्त छ ।
त्यो पनि सबै नागरिकको पहुँचमा पुगेको छैन । उनले भने, “स्थानीयको त कुरै नगरौँ आफूसमेत दुई घण्टाको बाटो हिँडेर अग्लो ठाउँमा गएर फोन गर्नुपर्छ” । त्यो पनि घाम लागेको बेला काम गर्छ घाम नलागेमा वर्षा, हावा, हुरी लागेमा र हिमपात भएमा त त्यो पनि ठप्प हुन्छ ।” उनले धेरै पटक सञ्चार मन्त्रालय र नेपाल टेलिकम धाउँदा धाउँदा हैरान भइसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार