झापामा जीप फ्लाइङ र साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्ट
नेपालबहस संवाददाता
फागुन २९, २०७७ आइतबार ०:४०:५३
२९ फागुन, झापा । झापाको मध्यभागमा रहेको शिवसताक्षी नगरपालिकास्थित प्रदेश नं.१ कै पहिलो जीप फ्लाइङ र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्ट सञ्चालनमा आएको छ । शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा दुई बिघा पाँच कठ्ठा निजी जग्गामा स्थानीयवासी राजकुमार सङ्ग्रौलाले रु ४२ करोडको लगानीमा वाटर किङ्डम पार्क एन्ड रिसोर्ट प्रालि स्थापना गरे ।
शिवसताक्षी धाम, चिल्लागढ, दोमुखाजस्ता प्रख्यात पर्यटकीयस्थल नजिक स्थापित यस रिसोर्टमा स्थापना गरिएको नयाँ र साहसिक मानिएको जीप फ्लाइङ र साइक्लिङले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने विश्वास लिएको सञ्चालक सङ्ग्रौलाले बताए ।
पानीमा खेलेर रमाउन सकिने आठ किसिमका खेल, ४५ मिटर लामो कृत्रिम सुरुङ, समुन्द्री छालको जस्तो वेभ पुल, स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टरलगायत अनेकौँ मनोरञ्जनात्मक सुविधाले यो रिसोर्ट झापाको नमूना पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको रिसोर्ट सञ्चालक समितिकी अध्यक्ष मेनुकादेवी सिटौलाले बताए ।
वाटरपार्क डुल्न भारतको सिलिगुढी जान नपर्ने अवस्था सिर्जना गर्न र नाफासँगै सेवाको भावनाले रिसोर्ट सञ्चालन गरिएको उनको भनाइ छ । कोरोना महामारी नियन्त्रण र खोप लगाउने क्रम बढेसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम घटेको हुँदा अब पर्यटकीय चहलपहल बढ्न थालेको उनले बताए ।
रिसोर्टमा मनोरञ्जनका लागि खेल तथा सुविधासँगै बस्न र खानका लागि अलगअलग ननभेज र भेज रेस्टुरेन्ट सञ्चालन गरिएको छ । परिवार र साथीसँग घुमफिरका लागि वाटर किङ्डम रिसोर्ट उपयुक्त स्थान भएको उनको दाबी छ । मुलुकमा पर्यटन क्षेत्रको पुनरुत्थान र आकर्षण बढाउन यस्ता रिसोर्ट खुल्नुपर्ने आवश्यकता रहेको शिवसताक्षी नगरपालिका– ८ का अध्यक्ष केहरसिंह बस्नेतले बताए ।
आफ्नो क्षेत्रमा खुलेको रिसोर्टलाई नगरकै गौरवको परियोजना ठान्दै उनले त्यसको सफलता र संरक्षणका लागि स्थानीय सरकार सधै सहयोगी रहने विश्वास व्यक्त गरे । रिसोर्ट सञ्चालक समितिका सदस्य गणेश घिमिरेले वार्षिक एक लाखलाई पौडी खेल्नका रिसोर्टभित्र प्रवेश गराउने र निश्चित शुल्क तोकेर दुई हजारलाई यस वर्ष स्वीमिङ पुलको ग्राहक बनाउने लक्ष्य लिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
वित्तीय कारोबारमा कसूर देखिएको भन्दै चार बाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही
बैशाख २०, २०८१ बिहिबार
कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक
बैशाख २०, २०८१ बिहिबार
मैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा
बैशाख २०, २०८१ बिहिबार