नेपालमा थपिए चार पाँचतारे होटल
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १५:३३:२३
१३ चैत, काठमाडौँ नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँच तारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँच तारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् ।
भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल 'दुसित प्रिन्सेस' र धुम्बाराहीको अकामा होटल पाँच तारे वर्गीकरणमा परेका छन् भने वर्णवास म्युजियम बुटिक होटल बुटिक लग्जरी पाँच तारेमा वर्गीकरणमा परेको विभागको होटल शाखाका अधिकृत चुनबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार यससँगै पाँच तारे स्तरको बुटिक लग्जरी होटलको सङ्ख्या तीन पुगेको छ । यस वर्गमा यसअघि द्वारिकाज र बसेरा बुटिक होटल थिए । चेन होटल हिल्टन, जगदम्बा हस्पिटालिटी, होटल फरेष्टइन, बुढानिलकण्ठ हेरिटेज लगायत होटल पाँच तारे वर्गीकरणको प्रक्रियामा रहेको विभागले जनाएको छ ।
विभागले पर्यटन ऐन–२०३५, होटेल, लज, रेष्टुराँ तथा रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली २०३८ र पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को व्यवस्था बमोजिम पाँच तारे डिलक्स र पाँच तारे स्तरमा वर्गीकरण भई इजाजतपत्र नियमित रुपमा अद्यावधिक गरेको हो ।
विभागले सार्वजनिक गरेको होटलको वर्गीकरण अनुसार झापाको धुलाबारीमा सञ्चालित भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि अन्तर्गतको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको छ ।
झापाको विर्तामोडमा सञ्चालित होटल द किङ्सवरी र काठमाडौँको ताहाचलमा खुलेको सिटी होटल लिमिटेड 'हायात प्लेस'ले पाँच तारे स्तरको वर्गीकरण पाएका छन् । पाँच तारे अन्य होटलमा तारागाउँ रिजेन्सी हायात रिजेन्सी, सोल्टी होटल, होटल मेरियट, हायात प्यालेस, छाँयादेवी कम्प्लेक्सको होटल अलफ्ट छन् । होटल डेल अन्नपूर्ण, द मल्ल होटल, साङ्ग्रिला होटल, पोखरा ग्राण्ड, टाइगर वान प्रालि, सोल्टी वेष्टर्न, होटल सेन्ट्रल प्लाजा, होटल द किङ्सवरी र इच्छा होटल पाँच तारे वर्गीकरणमा परेका हुन् । विभागको विवरणमा चार तारे स्तरका होटलको सङ्ख्या ३४ छ ।
होटल सङ्घ नेपालका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन् । सङ्घका अध्यक्ष विनायक शाहले दैनिक देशभर दैनिक १० हजारभन्दा बढी पाहुना धान्ने होटलका शय्या उपलब्ध भएको बताए । होटल सङ्घमा देशभरका पाँच हजारभन्दा बढी होटल आबद्ध छन् । अध्यक्ष शाहले अबको दुई वर्षभित्रमा थप १८ देखि २० वटा स्तरीय तारे होटल सञ्चालनमा आउने बताए ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ को फेब्रुअरीमा मात्रै ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वर्षको पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
महोत्सवका अवसरमा पोखराका होटेलमा छुट अफर !
चैत ६, २०८० मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार