चैत ७ को केन्द्रीय कमिटी बैठक बहिस्कारको रणनीतिमा नेपाल-खनाल पक्ष
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १५:४०:३७
१ चैत, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मन्चबाट चैत ७ का लागि तय गरिएको पार्टीको केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरिरहँदा माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष भने उक्त बैठक बहिस्कार गर्ने मनस्थितिमा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले शुक्रबारको बैठकबाट गरेका निर्णय खारेज नभए सम्म बैठकमा सहभागि हुन नसक्ने नेपाल-खनालपक्षका नेताहरुले बताएका छन् । “एकतर्फी निर्णयबाट थपिएका केन्द्रिय सदस्यहरुसँग समान हैसियतमा हामी बैठक बस्न सक्ने अवस्था रहदैन ।
सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेकै संगठनलाई कामय रहेमात्र बैठकमा उपस्थित हुन सकिन्छ । शुक्रबार गरेका निर्णय फिर्ता नभए सम्म हामीहरु बैठकमा सहभागि हुन सक्ने अवस्था हुँदैन ”, नेता रघुजी पन्तले भने । अदालतले पार्टीलाई एकीकरणभन्दा पहिलेको अवस्थामा ब्युँताएको हुँदा सोही संरचनालाई निरन्तरता दिनुपर्ने नेता पन्तको जोड छ ।
नेपाल -खनाल समुहले बैठकमा जाने नजाने वा समान्तर संरचना बनाएर अघि बढने लगायता विषयमा थप छलफल गर्न यही चैत ४ र ५ गते कार्यकर्ताहरुको राष्ट्रिय भेला बोलाएको छ । भेलामा समिति र जनसंगठनका नेताहरुको सहभागिता रहने र त्यसले केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।
अध्यक्ष ओलीले शुक्रबार आफूनिकट सदस्यहरुको बैठक बोलाएर केन्द्रीय सदस्यहरु थप र जिम्मेवारी हेरफेर र पदाधिकारी खारेजीको निर्णय गरेका थिए । यस्तै उनले पूर्वमाओवादीबाट ओली पक्षमा लागेका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । शनिवार अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई संवोधन गर्दै पार्टी अध्यक्ष ओलीले चैत ७ गते बोलाएको केन्द्रिय कमिटी बैठकमा नआए पार्टीविधान अनुसार कारवाही हुने चेतावानी नेपाल पक्षलाई दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार